२०८१ भाद्र २४, सोमबार

कनकाई नदीको किनारमा बास्तोलाको हत्या

२०७९ पुष ८, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

दमक, ८ पुस/ झापाको शिवसताक्षी– १० टेक्रास्थित कनकाई नदी किनारको काँसघारीमा एक व्यक्तिको हत्या भएको छ ।

कनकाई नगरपालिका– ४ स्थित इलुवाबारी बस्ने ५५ वर्षिय पदमलाल बास्तोला बिहीबार दिउँसो ४ बजे काँसघारीमा मृत फेला परेका हुन् । टाउकोमा गह्रुँगो चिजले हानेर उनको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । उनको टाउकोको अगाडि र पछाडि चोटैचोट देखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले बताए ।

इलाम देउमाई नगरपालिका घर भई हाल कनकाईस्थित इलुवाबारीमा भाइको घर बस्दै आएका बास्तोला बुधवार दिउँसो २ बजेदेखि सम्पर्कविहीन बनेका थिए । शिवसताक्षी –१० का वडा अध्यक्ष हर्कबहादुर सिगुले भने, टाउकोमा चोटैचोट छ, हातभरि रगत देखिन्छ, शव रगतमा मुछिएको जस्तो छ, हेर्दा आत्महत्या जस्तो देखिँदैन ।’

घटनाबारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए । उनले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार