
विर्तामोड, ४ माघ/प्रदेश साँसद शोभा चेम्जोङ पालुङवालाई बुधबार झापाको विर्तामोडमा सम्मान गरिएको छ ।
फुरुम्बो पालुङवा वंश प्रतिष्ठान शाखा समितिले स्थानीय विनायक होटलमा एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो ।
सम्मान ग्रहण गर्दै उनले नेपालका सात प्रदेशमध्ये छवटाको नामाकरण भएपनि प्रदेश १ को नामाकरण गर्न वाँकी रहेको र त्यसका लागि सक्दो प्रयास गरिने बताएकी छन् ।
नागरिकहरुको हकहितका लागि संघीय राज्य व्यवस्था अन्तर्गत तीन तहको सरकार गठन भएपनि प्रदेशलाई पर्याप्त अधिकार प्राप्त भइनसकेको उनको गुनासो छ ।
प्रदेशले निर्माण गरेका ऐनहरु अध्ययन अनुगमन गरेर कार्र्यान्वयन गरिने उनले बताइन । प्रदेशको आफ्नै जग्गामा संरचना निर्माण गर्न बांकी रहेको उनले बताइन । उनले जनजीवीका र विकास निर्माणका सवालमा काम गरेको खण्डमा प्रदेशको संरचना वलियो हुने बताइन ।
सोही अवसरमा अर्की प्रदेश साँसद कमला पालुङवा थापा मगरलाई पनि सम्मान गरिएको छ । उनले निरन्तरता, इमान्दारिता र जवाफदेहिताका कारण आफू प्रदेश साँसद भएको उल्लेख गर्दै सम्मान गर्ने परम्परा सुरुवात भएको भन्दै खुशि व्यक्त गरिन् ।
समितिका अध्यक्ष आरवि पालुङवाको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य किशोर पालुङवा, शाखा सचिव एलवि पालुङवा, सदस्य सन्जुहाङ पालुङवा र रिता फुरुम्बोले पनि मन्तब्य राखेका थिए ।