२०८१ चैत्र १०, सोमबार

भुजेलको शव साढे ४ घण्टापछि उठाइयो

२०७९ पुष ६, बुधबार
पढ्ने समय : < 1 मिनेट

झापा, ६ पुष/जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका बाह्रदशी गाउँपालिका– १ का ३७ वर्षीय जगतबहादुर भुजेलको शव साढे ४ घण्टापछि उठाइएको छ ।

मंगलबार दिउँसो ४ः२० बजे कचनकवल गाउँपालिका– १ स्थित पश्चिम देउराली चारकोसे सामुदायिक वनमा घाँस दाउरा लिएर फर्किने क्रममा भुजेललाई वनसँग जोडिएको यज्ञ ओलीको खेतबारीमा सोही सामुदायिक वनबाट निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि शव आसपास ३–४ वटाको संख्यामा हात्ती आएर बसेका थिए । हात्तीका कारण प्रहरीले शव उठाउन सकेको थिएन । त्यसपछि वन डिभिजन कार्यालय र प्रहरीले साइरन बजाउनुका साथै अनेक उपाय लगाएर घटनास्थलबाट हात्ती धपाउन साढे ४ घण्टा लाग्यो । हात्ती गएपछि मात्र प्रहरीले शव उठाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । झापामा यस वर्षको ९ महिनामा हात्तीको आक्रमणमा परी चार जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार