उर्लाबारी, १८ भदौ/मोरङको उर्लाबारीमा शनिबार पत्रकार सुमन घिमिरेलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको ३४ औं साधारणसभाको अवसरमा घिमिरेलाई पाँच हजार रुपैयाँ नगद र सम्मान पत्र प्रदान गरिएको हो । एकदशक बढीदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल घिमिरे हाल उर्लाबारीबाट सञ्चालित प्राइम एफएममा आवद्ध छन् ।
वर्षेनी पत्रकारहरुलाई सम्मान गर्दैै आएको उर्लाबारी उवा संघले विगतमा पत्रकार सरोज बस्नेत, डिपि खतिवडा र रमेश भट्टराई ‘पाखे’लाई सम्मान गरिसकेको छ । स्थानीय व्यापार व्यवसायको क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई संघले सम्मान गर्दैआएको छ ।
सोही अवसरमा संघले सफल व्यवसायीको रूपमा उर्लाबारी–७ स्थित झा औषधी पसलका सञ्चालक उदयचन्द्र झालाई पनि सम्मान पत्र प्रदान गरेको छ ।
संघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको सो सभाको सञ्चालन महासचिव हेमराज गुरुङले गरेका थिए ।





