२०८१ भाद्र २४, सोमबार

मुख्य मन्त्रीको सपथ ग्रहण माओवादीद्वारा बहिष्कार

२०७९ पुष २५, सोमबार
पढ्ने समय : < 1 मिनेट

विराटनगर, २५ पुस/प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले सोमबार नै आफ्नो मन्त्रिपरिषदमा तीन सदस्य नियुक्त गरेका छन् । नवनियुक्त तीन मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरुमा तिलकुमार मेयाङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू छन् । उनीहरुलाई अहिले विभागीय जिम्मेवारी भने दिइएको छैन ।

मुख्य मन्त्री कार्कीको सपथ ग्रहणमा माओवादी केन्द्रका सभासदहरु उपस्थित भएनन् । हिजो मात्रै कार्कीलाई समर्थन गरेको माओवादी केन्द्रले मुख्यमन्त्रीको सपथ ग्रहण वहिष्कार गरेको हो ।

माओवादी संसदीय दलको केही बेरअघि सम्पन्न बैठकले सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ समारोहमा समेत माओवादी केन्द्र सहभागी नभएको बताए ।

उनले पाँच वर्षभित्र आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउँदै उप्रेतीले यो विषयमा केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार