२०८१ भाद्र २४, सोमबार

उर्लाबारी नगरपालिकाको प्राथमिकतामा कृषि

२०७९ माघ १९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १९ माघ/मोरङको उर्लाबारी नगरपालिकाले कृषि क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखेको छ ।

नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्ष २०७९/०८० मा एक करोड ७३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नवौं नगरसभाको निर्णय बारेमा जानकारी दिने उद्देश्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख गंगा खरेलले उर्लाबारीमा कृषि सेवा केन्द्र र कोल्ड स्टोर स्थापना गर्ने बताए । माटो परीक्षण गरेर उत्पादनमा बृद्धि ल्याउने जानकारी दिँदै नगर प्रमुख खरेलले आगामी वर्षमा कृषि क्षेत्रमा अझ बढी लगानी गर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत अग्नी अधिकारीले कृषि क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीतिक योजना तय भएको बताए । उन्नत विउ विजन बितरण गरी कृषि क्षेत्रमा सक्रिय विचौलियालाई निरुत्साहित गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा नगर प्रवक्ता भीष्मराज बुढाथोकीले चारवटा विधेयकहरु पारित गरेको जानकारी दिए । स्थानीय वन विधेयक, दिशाजन्य लेदो व्यवास्थापन विधेयक, आर्थिक विधेयक र विनियोजन विधेयक पारित भएको उनले बताए ।

नगरसभाले नगर न्यायिक समितिको प्रतिवेदन, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यावस्थापन, सुशासन र संस्थागत विकास समितिका प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा मावा खोला ठेक्का वापतको एक करोड ५० हजार पाँच सय सात रुपैयाँमा महालिखा परिक्षकको प्रारम्भिक प्रतिवेदनमा बेरुजु देखिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्वीकृत संगठन संरचना र दरबन्दी संशोधन गरी अध्यावधिक गर्न साविकको एक सय ४५ दरवन्दीलाई वृद्धि गरी एक सय ८३ पु¥याइएको पनि नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार