
झापा, ३ असार/भारतको पश्चिम बंगालमा पर्ने पानीट्याङ्कीमा रेलको ठक्करबाट एक जना नेपाली युवाको मृत्यु भएको छ।
झापा, मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थ ३० वर्षीय विजय श्रेष्ठको रेलको ठक्करबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई बिहीबार सांझ ८:१० बजेतिर ठक्कर दिएको थियो।घटनापछि भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएको थियो।