उर्लाबारी, १४ असार/दन्द्व पीडीत स्वरोजगार सिपमुलक तालिम केन्द्र नेपालको आयोजनामा मोरङको उर्लाबारीमा सन्चालित तीन महिने सिलाई कटाई तालिम सकिएको छ ।
उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा सन्चालित सो तालिममा १८ जना प्रशिक्षार्थीहरुको सहभागिता थियो ।
तीन महिने तालिम भनिए पनि ४५ दिन मात्र सन्चालन भएको र मेशिनहरु बिग्रिएर पालैपालो सिक्नुपर्ने वाध्यता रहेको प्रशिक्षार्थीहरुले गुनासो गरेका छन् ।