२०८१ माघ २९, मंगलवार

तेस्रो लिगींको अधिकार प्रति राज्यको वेवास्ता

२०८१ आश्विन १४, सोमबार
पढ्ने समय : < 1 मिनेट

दमक, १४ असोज/यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय (तेस्रो लिगीं) ले आफ्नो अधिकार प्रति राज्यले वेवास्ता गरेको गुनासो गरेका छन् ।

सामाजिकरुपमा मात्रै होइन राज्यको हरेक तह र कार्यालयमा तेस्रो लिगींलाई आफ्नो हकअधिकारबाट बन्चित गरिएको उनीहरुको भनाई छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा लिड नेपालद्वारा सोमबार झापाको पाडाजुगीमा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले आफ्नो हकअधिकार प्राप्तीका लागि अगाडि बढ्न सुझाव दिएका छन् ।

वक्ताहरुले हिनतावोध त्यागेर खुलेर अगाडि बढे अधिकार प्राप्त गर्न कठिनाई नहुने राय व्यक्त गरे ।

उनीहरुले एकतावद्ध भएर लडेर भएपनि अधिकार लिनुपर्ने सुझाव दिएका ऱ्छन् ।

लिड नेपालकी कार्यक्रम संयोजक नुमा साउदेन लिम्बुले सन्चालन गरेको सो कार्यक्रम अध्यक्ष शुसिल पौडेलको सभापतित्व र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, सन्चारकर्मी तथा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार