२०८१ चैत्र १०, सोमबार

भाटभाटेनीमा पार्टटाइम जागिर !

२०८१ असार १३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १३ असार/ नेपालमा खुद्रा व्यापारमा साम्राज्य वनाएको भाटभाटेनी सुपर स्टोरले आगामी साउनदेखि पार्टटाइम जागिर दिने भएको छ।

यसका लागि देशभर रहेका २७ वटा शाखाबाट आवेदन माग गरिएको छ।

घण्टाको आधारमा काम दिने र साप्ताहिकरुपमा तलब भुक्तानी गर्ने भाटभटेनीले जनाएको छ ।

अहिले सरकारले एक घण्टाको न्यूनतम ९५ रूपैयाँ ज्याला तोकेको छ। सरकारले तोकेको भन्दा १५/२० प्रतिशत बढी ज्याला दिने गरी व्यवस्था गरिने जनाइएको छ ।

एसइई पास गरेको र २१ वर्ष ननाघेका व्यक्तिलाई पार्टटाइम रोजगारी दिन लागिएको हो। पहिले आवेदन दिने र सम्बन्धित भाटभाटेनीको शाखाबाट नजिक बस्ने व्यक्तिलाई पहिलो प्राथमिकता दिइने छ। यसका साथै अन्तर्वार्ता विधिबाट छनोट गरिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार