२०८१ भाद्र २४, सोमबार

चुनाव जित्ने मानबहादुर श्रेष्ठको यस्तो आधार

२०७९ बैशाख २०, मंगलवार
पढ्ने समय : 2 मिनेट

रूपेन्द्र शेर्मा

नेपालमा वहुदलीय प्रजातान्त्रिक व्यवस्था लागू भएको तीन दशक बढी भइसक्यो । नेपाली कांग्रेस र नेकपा एमालेले पालैपालो सरकारको नेतृत्व गरे । तर विकासले गति लिन सकेन । दिनानुदिन् भ्रष्टचार मौलाइरहेको छ । गरीबी र उत्पीडन यथावत् छ । कानुनी राज्यको उपहास् छ । दण्डहिनता व्याप्त छ । सुशासन कायम हुन सकिरहेको छैन । जनता अनेकौं समस्या र पिरमर्का खप्न वाध्य छन् । सरकारको नेतृत्व गर्नेलाई त्यसको कुनै मतलव छैन । यसको प्रमुख कारण हो–असल, इमान्दर र सक्षम व्यक्तिलाई सत्तामा पुर्याउन नसक्नु । जवसम्म नेपाली जनता कुनै राजनीतिक दल र नेताको अन्धभक्त हुन्छन् तवसम्म देशले कोल्टे फेर्न सक्दैन । त्यसैले अव मतदाताहरुले दल विशेष र तिनका नेतामा मात्र सिमित नभई योग्य र इमान्दार उम्मेदवारलाई आफ्नो मत दिएर चुनाव जिताउनु पर्छ । किनकी सही व्यक्तिलाई चुनाव जिताउन सकेको खण्डमा मात्र राष्ट्र र जनताको कल्याण हुन्छ । अन्यथा अझै केही शताव्दी नेपाल र नेपाली जनता आधुनिक संसारबाट टाढै रहन वाध्य हुनेछन् । अन्तराष्ट्रिय जगत प्रगतिको उच्चतम गतिमा लम्किरहेपनि हामी धेरै पछाडि पर्नेछौं । त्यसैले अव एकपटक सोच्न आवश्यक छ ।

चुनावमा पार्टी र जाती होइन सक्षम र इमान्दार व्यक्तिलाई मतदान गर्न आवश्यक छ । यसैक्रममा स्थानीय तहको निर्वाचन नजिकीरहेको छ । उर्लाबारी नगरपालिकाको मेयरमा समाजसेवी मानबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनी कलम चुनाव चिन्ह लिएर नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादीको संयुक्त उम्मेदवार वनेपनि योग्य र इमान्दार छन् । किनकी मानबहादुर एउटा राजनीतिकर्मी मात्र होइनन् सामाजिक अभियन्ता पनि हुन् । दुःख सुख भोगेका व्यक्ति हुन् । समाजमा विकृति विसंगतिविरुद्ध जुझारु ढंगले लड्ने साहसी योद्धा हुन् । विकास निर्माणलाई अत्यन्तै महत्वपूर्ण ढंगले प्राथमिकतामा राखेर हिँड्ने विकासप्रेमी हुन् । अनिमात्रै राजनीतिक प्राणी हुन्–मानबहादुर श्रेष्ठ ।

आजसम्म कुनै लाभको पदमा बसेका छैनन् उनी । सबै जात, धर्म, सम्प्रदाय र भाषाभाषीलाई उत्तिकै सम्मान गर्ने व्यक्ति हुन् मानबहादुर श्रेष्ठ । त्यसैले आसन्न स्थानीय तहको निर्वाचनमा उर्लाबारीको जनताले मत दिएर मेयर वनाउन आवश्यक छ उनलाई । जुनसुकै राजनीतिक तथा सैद्धान्तिक आस्था राख्ने व्यक्ति भएपनि उर्लाबारीको विकास र समृद्धि चाहनेले उनलाई एकपटक भोट दिएर मेयरमा जिताउन आवश्यक छ ।

मानबहादुर श्रेष्ठ यस्ता व्यक्ति हुन् जो अहिलेसम्म कुनै लोभ लालचमा फसेका छैनन् । अहिलेसम्म कसैको एकपैसा खाएर नतिरेको रेकर्ड छैन । कसैको पैंचो लिएर अथवा उधारो लिएर नतिरेको रेकर्ड छैन । आर्थिकरूपले अत्यन्तै सफा छन् उनी । त्यसैले मानबहादुरबाट भ्रष्टचार हुने कल्पनापनि गर्न सकिँदैन ।

त्यतिमात्र होइन उर्लाबारीलाई कसरी वनाउनुपर्छ भन्ने प्रष्ट भिजन छ मानबहादुर श्रेष्ठसँग । उर्लाबारीको सडकलाई स्तरोन्नति नगर्ने हो भने उर्लाबारीका व्यापारीहरु पलायन हुन्छन् भन्ने बुझेर त्यसको पहलकदमी गरिरहेको व्यक्ति हुन् मानबहादुर श्रेष्ठ । उर्लाबारीको ढल निकास र नदी नियन्त्रणका लागि कसैले पहल गर्यो भने त्यो मानबहादुर श्रेष्ठले गर्यो । ढल निकास, नदी नियन्त्रण र सडक निर्माणका लागि आफ्नै खर्चमा काठमाण्डौसम्म डेलिगेशन गएका छन् उनी । त्यो सब उर्लाबारीको विकासका लागि निस्वार्थ योगदान हो उनको ।

२०४२ सालदेखि अनवरतरूपमा उर्लाबारीमा रही जनताको निस्वार्थ सेवारत मानबहादुर श्रेष्ठले उर्लाबारी–६ मा रहेको राधिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा उनकै पहलमा नयाँ भवन निर्माण गरी उच्च माविको कक्षा सञ्चालनमा आएपछि स्थानीय विद्यार्थी लाभान्वित बनेका छन् ।

यसकारण मानबहादुर श्रेष्ठलाई एकपटक उर्लाबारीको मेयरमा जिताउनै पर्ने हुन्छ । उर्लाबारी नगरपालिकाको मेयरमा उनको उम्मेदवारीलाई एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादीको मात्र होइन यहाँका मजदुर, किसान, बुद्धिजिवी, निर्माण व्यवसायी, उद्योगी, व्यापारीलगायत समग्र उर्लाबारीवासीको ठूलो साथ र समर्थन रहेको छ । सँगसँगै तटस्थ रहेका नागरिक समाज र अन्य दलका इमान्दार कार्यकर्ताहरुले समेत मानबहादुर श्रेष्ठलाई मतदान गर्ने अड्कल गरिएको छ ।

नेकपा एकीकृत समाजवादी नगर कमिटि उर्लाबारीका अध्यक्ष डीबी थापासँग गरिएको कुराकानीमा आधारित ।

प्रकाशित मिति : वैशाख २०, २०७९ मंगलबार ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार