काठमाण्डौ, १४ असार/नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिकलाई प्रहरीले शुक्रबार राजधानीको वौद्धबाट पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नक्कली भुटानी प्रकरणका फरार अभियुक्त प्रतिकलाई काठमाडौंको विशेष टोलीले केहीबेर अघि पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले जानकारी दिए ।
ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।उक्त प्रकरणमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।