उर्लाबारी, ७ माघ/क्यान्सर रोगबाट पीडित मोरङ, उर्लाबारी–७ वरगाछीका सविन श्रेष्ठको उपचारका लागि साँगीतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
३१ वर्षिय श्रेष्ठ विगत तीन वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित छन् । उनको उपचारमा हालसम्म २४ लाख रुपैयाँ खर्च भइसकेको छ । आर्थिक कठिनाईका कारण उनको उपचारमा समस्या परेपछि सहयोग जुटाउन आगामी फागुन ९ गते साँगीतिक कार्यक्रम गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा दिनेश श्रेष्ठले जानकारी दिए ।
स्थानीय उर्लाबारी पार्टी प्यालेसमा आयोजना गरिने कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, गायक तथा संगीतकार दिप श्रेष्ठ, निशान भट्टराई, डम्बर नेपालीलगायतका कलाकारहरुको प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।