२०८१ कार्तिक २५, आईतवार

उर्लाबारीमा अन्तर्राष्ट्रिय मापदण्डको मन्टेश्वरी

२०७९ जेष्ठ २७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

 

उर्लाबारी, २७ जेठ/मोरङको उर्लाबारीमा अन्तर्राष्ट्रिय मापदण्डको सुविधा सम्पन्न मन्टेश्वरी विद्यालय सञ्चालन गरिएको छ ।
करिब एक करोड रुपैयाँको लगानीमा उर्लाबारी–७ मा संस्कार पाठशाला स्थापना गरी यसै वर्षदेखि मन्टेश्वरी विद्यालय सञ्चालन गरिएको हो ।

न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सो विद्यालय स्थापना गरिएको सञ्चालक अमर काफ्लेले बताए ।
यस विद्यालयमा मन्टेश्वरीमा आधारित भवन निर्माण गरी वालमैत्री कक्षा कोठाको व्यवस्था गरिएको छ । सबै कक्षा कोठामा एसी र सिसि क्यामेरा जडान गरी वालवालिकाका लागि पर्याप्त खेलकुद सामग्री व्यवस्था गरिएको छ । प्रत्येक कोठामा १५ जना भन्दा बढी वालवालिका नराखिने काफ्लेले बताए । हाल प्ले ग्राउण्ड, नर्सरी र एलकेजीको पठनपाठन भइरहेको सो विद्यालयमा प्रत्येक वर्ष कक्षा थपिँदै लगिने काफ्लेले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार