
उर्लाबारी, १३ साउन/सहरी विकास मन्त्री मेटमणी चौधरीले शुक्रबार उर्लाबारीका जनप्रतिनिधिसँग भेटघाट गरेका छन् । त्यस अवसरमा नगर प्रमुख गंगा खरेलले उर्लाबारीमा प्रस्तावित एकीकृत सन्थाल वस्ती निर्माणका बारेमा सहयोग गर्न मन्त्री चौधरीसँग माग गरेका छन् ।
पूर्व प्रधानमन्त्री केपि ओलीले डेढ वर्षअघि शिलान्यास गरेको उक्त वस्ती विवादका कारण निर्माण कार्य सुरु हुन सकेको छैन ।
नारी शिल्पकला केन्द्र विराटनगरको नाममा दर्ता कायम रहेपनि स्थानीय वासिन्दाले उक्त जग्गा अतिक्रमण गरी भोगचलन गरेका छन् । त्यस जग्गामा अतिक्रमण हटाएर सन्थाल बस्ती निर्माण गर्ने तत्कालिन सरकारको योजना थियो । तर स्थानीयस्तरमा विवाद चुलिएपछि बस्ती निर्माण कार्य अलपत्र परेको हो ।
भेटका अवसरमा मन्त्री चौधरीले स्थानीयस्तरमा देखिएको विवाद टुंग्याउने जिम्मा स्थानीय तहको भएको बताउँदै यदी विवाद टुंग्याएर रकम माग भएको खण्डमा सहयोग गर्ने आश्वासन दिएका छन् ।