२०८१ चैत्र १०, सोमबार

अस्पताललाई १५ दिने अल्टिमेटम

२०७९ पुष २४, आईतवार
पढ्ने समय : < 1 मिनेट

दमक, २१ पुस/झापाको दमक अस्पतालभित्र देखिएका वेथिती १५ दिनभित्र हल नगरे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दमक नगर समितिले थप संघर्ष गर्ने चेतावनी दिएको छ ।

दमक नगरपालिकाका प्रमुख राम थापालाई माओवादी केन्द्रले बिहीबार ज्ञापन पत्र बुझाउँदै अस्पतालभित्र भएको अस्तब्यस्त अब्यवस्थालाई हल नगरे त्यस विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

माओवादी केन्द्रका नगर इन्चार्ज बेदु गौतमले नगर प्रमुख थापाको कार्य कक्षमै गएर ज्ञापन पत्र बुझाएका छन् । अस्पताल भित्रको अस्तब्यस्त अवस्थालाई समधान गर्नुपर्ने, अस्पताल ब्यवस्थापन समिति तुरुन्त गठन गर्नुपर्ने र प्रादेशिक अस्पताल निर्माणका लागि तुरुन्त निर्णय गरी सिफारिस गर्नुपर्नेलगायतका माग ज्ञापनपत्रमा उल्लेख गरिएको माओवादी केन्द्रका नगर अध्यक्ष कुलबहादुर बस्नेत (रवि)ले जानकारी दिए ।

चुनावमा गठबन्धन गरेर नगर प्रमुख र उपप्रमुखमा विजय गराएपनि माओवादी केन्द्रलाई निषेधको राजनीति गरेको केन्द्रका नगर अध्यक्ष बस्नेतले आरोप लगाए । अस्पतालले दिने सेवा सुविधामा चरम लापरवाही गरेको, ल्याव बन्द रहेको, स्वास्थ्य विमावाट पाउने औषधी नपाएको र सेवाग्राहीको गुनासो प्रति वेवास्ता गरेको आरोप लगाउँदै इन्चार्ज गौतमले यस्तो अवस्था रही रहे आफ्नो पार्टी रमिते बनेर नबस्ने चेतावनी दिएका छन् ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले माओवादी केन्द्रले उठाएको माग प्रति गम्भीर ध्यानकर्षण भएको र समस्या समधानका लागि पहल गर्ने आश्वासन दिए ।

माओवादी केन्द्रले सो अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. निरज आचार्यलाई पनि ज्ञापनपत्रको बोधार्थ बुझाएको छ । डा. आचार्यले सेवाग्राहीलाई प्रभावकारी सेवा दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

माओवादी केन्द्रले गत जेठ २६ गते पनि सो नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार