२०८१ माघ ४, शुक्रबार

नगरपालिकाको लामखुट्टे मार्ने अभियान सुरु

२०७९ चैत्र २०, सोमबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २० चैत/मोरङको उर्लाबारी नगरपालिकाले लामखुट्टे मार्ने अभियान सोमबारदेखि सुरु गरेको छ । लामखुट्टेको प्रकोप बढेपछि नगरपालिकाले लामखुट्टे मार्ने औषधि छर्किन सुरु गरेको हो ।

यो अभियान वैशाख ८ गतेसम्म सञ्चालन हुने छ । अभियानअन्तर्गत साँझ ७ देखि राति १२ बजेसम्म लामखुट्टेविरुद्धको औषधि छर्किने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले उर्लाबारीका सबै वडामा कर्मचारी पठाएर लामखुट्टे मार्न औषधी छर्किन  शुरु गरेको स्वास्थ्य शाखा अधिकृत रेनुकाप्रसाद काफ्लेले जानकारी दिए। विषादीयुक्त मालाथिनको धुवाँ फगिङ छर्किन थालेपछि लामखुट्टे नियन्त्रणमा आउने काफ्लेले बताए।यसले उडिरहेको लामखुट्टे नष्ट गर्न नसकेपनि जमेको पानी र हरियो घाँस जहाँ लामखुट्टेले लार्भा जन्माउछ त्यस्ता ठाउँमा छर्किने कार्य भएकोले लार्भा नष्ट गर्न सहयोग पुग्ने काफ्लेको भनाई छ ।

लामखुट्टेको प्रकोप बढ्दै गएकाले सार्वजनिक ठाउँमा सर्वसाधरणलाई बस्न समस्या परेको बताउँदे काफ्लेले यसरी छर्किने औषधिले नकरात्मक असर नगर्ने उल्लेख गरे । यो औषधिले लामखुट्टेको उत्पादनमा कमी आउने उनको भनाइ छ । लामखुट्टेले मानिस र पशुको रगत चुसेर एकअर्कामा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ । लामखुट्टेहरू धेरै प्रजातिका र विषालु हुने भएकाले त्यसले विभिन्न रोगको प्रकोप ल्याउने गरेको छ । गर्मीसँगै लामखुट्टेको प्रकोपमा पनि बृद्धि भएको काफ्लेले बताए ।

लामखुट्टेको टोकाइबाट कीटजन्य रोग औलो, मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनिया, हात्तीपाइलेलगायतका रोगहरू सर्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो । धेरै किसिमका रोगको जड लामखुट्टे नष्ट पार्न  नगरपालिकाले फगिङ विधिमार्फत् विषादी छर्किन थालेको हो ।

‘नगरपालिकाले बिषादी छर्कनुअघि स्थानबारे माइकिङ गरी अग्रिम जानकारी गराउनेछ,’ नगरपालिकाका प्रेस संयोजक मिलनकुमार राउतले भने, ‘धुँवाको हानिबाट जोगिन अग्रिम सूचना दिएरसतर्क गराइनेछ ।’

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार