२०८१ भाद्र २४, सोमबार

सांसद शोभाद्वारा विकट स्थल निरीक्षण

२०७९ माघ २९, आईतवार
पढ्ने समय : 3 मिनेट

टांडी(मोरङ), २९ माघ/प्रदेश सांसद शोभा चेम्जोङ पालुङवाले आइतबार पूर्वोत्तर मोरङको विकट स्थल निरीक्षण गरेकी छन् ।

चुरे पर्वतीय तटमा रहेको मिक्लाजुङ-२ स्थित जांतेफुला भन्ने स्थान पुगेर उनले त्यहाँको बिविध समस्याका बारेमा प्रत्यक्ष अवलोकन गरेकी हुन् । भू–क्षय र नदी कटानको उच्च जोखिम मोलिरहेका जाँतेफुलाका वासिन्दा शिक्षा, स्वास्थ्य, खानेपानी र यातायात जस्ता मानव जीवनका आधारभुत आवश्यकताबाट बञ्चित छन् ।

कठिन भौगोलिक संरचना भएको यो गाउँको जनजीवन चुरे शृङ्खलाबाट बग्ने साखरे र रचना खोलाले पुर्याउने क्षतिका कारण खासगरी बर्षायाममा कष्टकर हुनेगरेको छ ।

सांसद शोभाले त्यस स्थानमा व्याप्त बिविध समस्या समधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले जनस्तरबाट उठाइने हरेक मागहरुको सवालमा साथमा साथ मिलाउन तयार रहेको बताइन् ।

सांसद शोभासँगै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि ललित अधिकारी, नेपाल महिला संघकी क्षेत्रीय सचिव गीता अधिकारी खतिवडा, मिक्लाजुङ–२ का वडाध्यक्ष वलबहादुर श्रेष्ठ र उर्लाबारी–७ की दलीत महिला सदस्य मञ्जु परियार पनि त्यहाँ गएका थिए ।
उनीहरुले साखरे र रचनामा रहेका कच्ची सडक तथा नदी कटान समस्याका बारेमा समेत निरीक्षण गरेका थिए ।

यसैबीच प्रदेश सांसद शोभा चेम्जोङ पालुङवाले मिक्लाजुङ–२ साखरेमा सञ्चालित १५ दिने स्वीटर बुनाई तालिमका प्रशिक्षार्थीहरुलाई ऊनीको धागो सहयोग प्रदान गरेकी छन् । उनले व्यक्तिगत खर्चमा धागो खरिद गरी ३३ जना प्रशिक्षार्थीहरुलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।


त्यस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शोभाले सीप नै हतियार भएकाले त्यसलाई आफूमा मात्र सिमित राख्न नहुने बताइन् । आत्म निर्भर बन्नलाई सीपले हतियारको काम गर्ने राय व्यक्त गर्दै सांसद शोभाले सीपलाई लुकाई राख्न नहुने सुझाव दिइन् ।


केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले जनचाहना वमोजिम विकास गर्न नसकेकाले विकेन्द्रकृत सिद्धान्तलाई अबलम्बन गरी तीन तहको सरकार गठन भएको उनले प्रष्ट पारिन् । संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले आ–आफ्नो जिम्मेवारी निर्वाह गरी नदी नियन्त्रण, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्नसक्ने उल्लेख गर्दै उनले हरेक समस्या समधानका लागि पहल गर्न आफू तत्पर रहेको बताइन् ।


कांग्रेस महाधिवेशन प्रतिनिधि ललित अधिकारीले विकास निर्माण र जनताको पिरमर्कालाई सम्बोधन हुने अपेक्षासहित निर्वाचनमा आफूले मनपराएको उम्मेदवारलाई मतदान गरिएको स्पष्ट पारे । विगतदेखि नै उपेक्षामा परेको यस स्थानको विकासलाई अगाडि बढाउन र जनताको पीडा सम्बोधन गराउन संसदमा सशक्त आवाज उठाउनुपर्ने उनको भनाई छ ।


कांग्रेसका कार्यवाहक वडा सभापति जगत लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा वडाध्यक्ष वलबहादुर श्रेष्ठ, कांग्रेस क्षेत्रीय प्रतिनिधि अम्विका ढुंगेल, स्थानीय समाजसेवी छत्रबहादुर कटवाललगायतले स्थानीय समस्याका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
सो कार्यक्रममा महिला वडा सदस्य उषा राईले स्वागत मन्तब्य राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार