उर्लाबारी, ७ पुस/मोरङको उर्लाबारी नगरपालिका वडा नंं.९ आमबारीमा सञ्चालित तीन दिने चासोक महोत्सवको आय–व्यय बिहीबार सार्वजनिक गरिएको छ ।
लिम्बु समुदायको महान चाड चासोक तङनामको अवसरमा सो स्थानमा मंसीर २२, २३ र २४ गते चासोक महोत्सव–२०७९ सञ्चालन गरिएको थियो ।
किरात याक्थुङ चुम्लुङ नगर शाखा उर्लाबारीद्वारा सञ्चालित सो महोत्सवको चार लाख २३ हजार पाँच सय २५ रुपैयाँ बराबरको आय–व्यय सार्वजनिक गरिएको हो । तीमध्ये तीन लाख २३ हजार तीन सय १८ रुपैयाँ खर्च र एक लाख दुई सय सात रुपैयाँ बचत भएको शाखाका कोषाध्यक्ष कर्ण मादेम्बाले जानकारी दिए ।
सहयोग रसिदबाट तीन लाख आठ हजार ८५ र पुजाको भेटीबाट २० हजार चार सय ४० रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी उर्लाबारी नगरपालिका वडा नं.८ बाट ३० हजार तथा वडा नं.९ बाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको मादेम्बाले बताए ।
शाखाकी अध्यक्ष बानु सुब्बाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।