
उर्लाबारी, १८ वैशाख/नेपाली कांग्रेसका पूर्व मोरङ जिल्ला समिति सदस्य प्रकाश खड्गीले पार्टी परित्याग गरेका छन् । उनले आइतबार उर्लाबारी–५ स्थित होटल सेवायोमा पत्रकार सम्मेलन गरी कांग्रेस परित्याग गरेका हुन् ।
कांग्रेसको वर्तमान नीति प्रति असन्तुष्टी जनाउँदै खड्गीले पार्टी परित्याग गरी स्वतन्त्र व्यवसायीको रूपमा बाँकी जीवन विताउने जनाए । २०४६ सालदेखि नै कांग्रेसमा आवद्ध खड्गीले क्षेत्रीय र जिल्ला समितिमा रही बिभिन्न किसिमको सहयोग गरेपनि पछिल्लो समयमा पार्टीको नीति ठीक नभएकोले परित्याग गरेको बताए ।
उर्लाबारी–७ मा स्थायी वसोवास गर्दै आएका खड्गीले अव आउने निर्वाचनहरुमा व्यक्ती हेरेर भोट दिने बताए । ‘छिट्टै क्रियाशिल सदस्यबाट राजिनामा दिने छु’, उनले भने ।