२०८१ कार्तिक २५, आईतवार

एमाले उम्मेदवारलाई ज्येष्ठ नागरिकको आशिर्वाद

२०७९ बैशाख २०, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २० वैशाख/मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू मत माग्दै जनताको घरदैलोमा पुगेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरू घरदैलोमा पुगेका हुन् ।
घरदैलोका क्रममा ज्येष्ठ नागरिक मतदाताहरूले वृद्ध भत्ता दिने एमाले र एमालेका उम्मेदवारलाई जीतको शुभकामना दिएका छन्। उनीहरुले एमाले उम्मेदवारको जीत सुनिश्चित भएको भन्दै आशिर्वाद समेत दिअ । ‘हामीलाई बुढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आशिर्वाद छ’, उर्लाबारी – ८ की एक बृद्धाले भनिन् ।
मेयर पदका उम्मेदवार यस क्षेत्रकै समाजिक ब्यक्तित्व गंगाप्रसाद खरेल, उपमेयर पदका  उम्मेदवार महिला अधिकारको क्षेत्रमा क्रियाशिल मिना खतिवडा पौडेलसहित वडा अध्यक्ष र वडा सदसयका उम्मेद्वार घरदैलो कार्यक्रममा सहभागी थिए । उर्लाबारीमा रहेका ९ वटै वडाका टोलटोलमा कोणसभा र मतदाताको सुझाब प्रतिक्रिया लिएर उम्मेदवारहरु चुनावी अभियानमा रहेको नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले जानकारी दिए । मेयर पदका  उम्मेदवार खरेलले आफू शासक होइन, उर्लाबारीवासीको सेवक  बन्न चाहेको बताए । निर्वाचित भएपछि उर्लाबारीवासीकै सुझाब र उनीहरुकै सल्लाहमा म अघि बढ्ने छु किनकी म यहाँका नागरिकको सेवक बन्न चाहन्छु । गुनासो र समस्या राख्न भेट्न समय नमिल्ने, भेट्नलाई घण्टौँ कुनुपर्ने, फोन नउठ्ने, चुनाव जितेपछि जनताको घरदैलोमा नआउने काम आफूबाट नहुने खरेलले बताए। उर्लाबारी नगरपालिकाका सबै वडा जोड्ने चक्रपथको निर्माण गर्ने एमालेले घोषणा पत्रमा उल्लेख गरेको छ । उर्लाबारीमा संचालित बिधुतीय सफारी ट्याम्पोलाई नगर यातयातको  कार्यविधि बनाएर ब्यवस्थित रुपमा संचालन गरिने एमालेको योजना छ । उर्लाबारी बजार क्षेत्रमा बढिरहेको जनघनत्वलाई मध्यनजर गर्दै उर्लाबारी ५,६ र ७ लाई जोड्ने गरी उर्लाबारी चोकमा आकासे पुल निर्माण गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ । एमालेको नेतृत्वबाट मात्रै उर्लाबारीमा समृद्धि सम्भव रहेको भन्दै उर्लाबारीको भविष्य बनाउने जिम्मा यहाँकै मतदाताको हातमा रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार