२०८२ कार्तिक २८, बिहीबार

काठमाडौंमा बालेनको अग्रता बढ्यो, स्थापित र सिर्जनाको मतान्तर ११३ मात्र

२०७९ जेष्ठ ७, शनिबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।

बालेनले हाल ३३ हजार २६० मत ल्याएका छन्। उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १५ हजार ५६८ मतान्तरले पछि पारेका छन्। स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन्।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएर तेस्रो स्थानमा छन्। केशव र सिर्जनाको मतान्तर ११३ रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार