
उर्लाबारी, ४ भदौ/मोरङको उर्लाबारीमा व्यक्तित्व विकास र युवा सचेतना कार्यक्रम आयोजना गरिने भएको छ ।
उर्लाबारी नगरपालिका-५ वडा कार्यालयको आयोजनामा उर्लाबाराी-६ स्थित मोरङ मोडल कलेजको पारागंणमा आगामी आइतबार सो कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा नगरमा रहेका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत करिव एक हजार नौ सय विद्यार्थीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उर्लाबारी -५ का वडाध्यक्ष रविन लामाले जानकारी दिए ।
कार्यक्रममा अनिलकेशरी शाह, सविना कार्कीलगायतले सहजीकरण गर्नेऱ्छन् ।