२०८१ भाद्र २४, सोमबार

भोट कसलाई र किन ?

२०७९ मंसिर १, बिहीबार
पढ्ने समय : 3 मिनेट

रूपेन्द्र शेर्मा

संसदीय व्यवस्थाका कट्टर आलोचक पूर्व फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टले भनेका थिए–‘सांसद भनेको गफाडि हुन् र संसद भनेको गफाडिहरुको थलो हो ।’

सम्पूर्ण यूरोपलाई आफ्नो अधिनमा राखी विश्व विजय गर्ने तानाशाहा नेपोलियनको अभियान त्यतिखेर चकनाचुर भयो जतिखेर संसदको सर्बोच्चता भएको मुलुक वेलायती फौजसँग फ्रान्सेली सेना नराम्ररी पराजित भयो । फलत : तानाशाहा नेपोलियन नजरबन्दमा परे । त्यहीं अवस्थामा पेटको क्यान्सरका कारण उनको मृत्यु भयो ।

शक्तिशाली नेपोलियनलाई हराउने बेलायती सैनिक संसदीय व्यवस्थाबाट निर्मित विधि र पद्धतिको शासन प्रणालीबाट निर्देशित थियो । नेपोलियनको पराजयपछि संसदीय व्यवस्थाको विश्वव्यापी लहर चल्यो । तानाशाहाहरु पराजित हुँदै गए । संसदीय व्यवस्था नै संसारको सर्बोत्कृष्ठ शासन व्यवस्था भएको प्रमाणित हुँदैगयो । यी त भए अन्तर्राष्ट्रिय क्षेत्रका संसदीय व्यवस्थाका कुरा ।

अव चर्चा गरौं नेपालको संसदीय व्यवस्थाका कुरा । २०४६ साल चैत २६ गते नेपालमा निर्दलीय पञ्चायती शासन व्यवस्थाको अन्त्य भयो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुर्नस्थापना भयो । फलत : संसदीय प्रणालीलाई स्वीकार गरी देश अगाडि बढ्यो । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् नेपाली जनताले राजनीतिक दलहरुप्रति ठूलो विश्वास र भरोसा गरेको थियो । अव विकासले कोल्टे फेर्छ । जनताका हकअधिकारहरु स्थापित हुन्छन् । तर त्यसो हुन सकेन । राजनीतिक दलका नेताहरु राष्ट्रिय र जनताको हित भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत बने । अपेक्षाकृत देश विकास हुन सकेन । यद्यपि संसदीय प्रणाली नराम्रो भने पक्कै होइन । राजनीतिक दलहरु पनि नराम्रा होइनन् । कांग्रेस, एमाले र माओवादी केन्द्र कुनैपनि दल आफैमा नराम्रो होइन । हुँदै होइन । तर ती दलका केही नेताहरु वेकामे भने पक्कै हुन् । जसले देशमा सुशासन, भ्रष्टचार नियन्त्रण र देशमा अग्रगामी छलाङ मार्ने नीति र कार्यक्रम अगाडि सार्न सकेनन् । बरु अकुत सम्पति कमाए । तर दलका सबै नेता खराब भने होइनन् । छैनन् । त्यसैले दलमा शुद्धिकरण जरुरी छ । व्यवस्था परिवर्तन होइन । व्यक्ति परिवर्तन जरुरी छ ।

नेपालको ऐतिहासिक राजनैतिक पृष्ठभूमीलाई हेर्दा महत्वपूर्ण राजनीतिक परिवर्तनहरु भएका छन । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । तर आर्थिक क्रान्ति हुन सकेको छैन । अन्तर्राष्ट्रिय जगत विकासको चरमोत्कर्षमा पुगेको छ । तर नेपाल भने भर्खर बामे सर्दैछ । तसर्थ अब भने राजनीतिक दलका उम्मेदवारको अध्ययन र विश्लेषण गरेर मात्र मतदान गर्न आवश्यक छ ।
आम जनमानसमा राजनीतिक दलहरु प्रति वितृष्णा देखिएको छ । जसको परिणामस्वरुप गएको स्थानीय तहका निर्बाचनमा बालेन शाह र हर्क सम्पाङले चुनाव जितेका हुन् ।

तर स्मरण रहोस् स्थानीय तहका निर्बाचन र संसदीय निर्बाचन अलि फरक हुन् । शाह र सम्पाङ स्थानीय सरकार प्रमुख हुन् । उनीहरुमा कार्यकारी अधिकार हुन्छ । स्थानीय तहका नीति र कार्यक्रम उनीहरुले नै अगाडि सार्न सक्छन् । तर एउटा सांसदले त्यसो गर्न सक्दैन । संसदमा बहुमत र अल्पमतको खेल हुन्छ । बहुमत प्राप्त दलका नेता नै देशको कार्यकारी प्रमुख अथवा प्रधानमन्त्री बन्छन् । त्यसमा एक दुई सांसदले केही गर्न सक्दैन । त्यसैले संसदीय निर्बाचनमा स्वतन्त्र उम्मेदवारले जित्ने त्यति सम्भावना हुँदैन । त्यसैले राजनीतिक दलका उम्मेदवारहरुले चुनाव जित्ने प्राय : निश्चित हुन्छ ।

अब फर्कौ आगामी मंसीर ४ गते हुने आम निर्बाचनका कुरा । मोरङ क्षेत्र नं.१ मा भने प्रतिनिधि सभामा रुख चिन्ह लिएर गठबन्धनका उम्मेदवार डिगबहादुर लिम्बु र सुर्य चिन्ह लिएर उम्मेदवार बनेका घनश्याम खतिवडाबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित देखिन्छ । कांग्रेसका जिल्ला सभापति समेत रहेका लिम्बु यसअघि २०७० सालमा भएको संविधान सभाका निर्बाचनमा बिजयी भएका थिए भने खतिवडा २०७४ सालमा चुनाव जितेर प्रतिनिधि सभाका सदस्य बनेका थिए । संविधान बनाउने प्रयोजनका साथ लिम्बु यस क्षेत्रबाट बिजयी भएका थिए । उनको पालामा नेपालको संविधान बन्यो । यसअर्थमा उनी सफल भए । चार वर्षेअवधिमा उनले साँसद विकास कोषबाट केही विकास निर्माणका कामहरु पनि गरे । तर यसले विकास निर्माणको सवालमा यस क्षेत्रका जनतालाई सन्तुष्ट पार्ने काम भने पक्कै गरेन ।

अब कुरा गरौं खतिवडाको । उनी २०७४ सालमा पाँच बर्षका लागि निर्बाचित साँसद बने । सदनमा उनले पनि जनताको हकहितको सवालमा निकै आवाजहरु उठाए । तर पारा लागेन । उनले यसक्षेत्रमा के कति विकास निर्माणका काम गरे भन्ने अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । अथवा उनले सार्वजनिक गरेनन् ।चुनाव जितेर उनी आफ्ना मतदाताहरुसमक्ष त्यति भेटघाटमा नआएको जनगुनासो छ । यसअर्थमा यी दुईबीच तुलना गर्दा लिम्बुलाई नै योग्य र उपयुक्त उम्मेदवारका रुपमा लिन सकिन्छ ।

अब लागौं मोरङ क्षेत्र नं.१(१) को प्रदेश सभा सदस्यका उम्मेदवारका कुरा । गोलाकारभित्र हँसिया हतौडा चुनाव चिन्ह लिएका गठबन्धनका उम्मेदवार कुलप्रसाद साँवा अथवा कुशल लिम्बु निकै लोकप्रिय छन् । उनको पहलमा विकास निर्माणका कार्यहरु थुप्रै भएका छन् । मिक्लाजुङको बिभिन्न स्थानको भ्रमण गरेर त्यहाँका बासिन्दासँग कुरा बुझ्दा ती सबै थाह हुन्छ । उर्लाबारीमा पनि केही विकास निर्माणका कामहरु उनले गरेका छन् । एउटा सानो अर्थतन्त्र भएको मुलुकको प्रदेश सभा सदस्यले यति गर्नु निकै ठूलो कुरा हो ।

कुशल लिम्बु मिक्लाजुङको विकटस्थल नेशेलुङमा जन्मे हुर्केका व्यक्ति हुन् । उनको पारिवारिक पृष्ठभूमी आर्थिकरुपले विपन्न छ । सबैसँग सजिलै घुलमिल गर्ने कुशल लिम्बु संसद चलेका बाहेक अन्य समय मतदातासँगै रमाउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार