२०८१ भाद्र २४, सोमबार

पार्लेन्सले दियो आश्रामलाई एक लाख एक हजार

२०७९ चैत्र ४, शनिबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, ४ चैत/मोरङको उर्लाबारी–७ स्थित पार्लेन्स इन्टरनेशनल एकाडेमीले नमुना बालगृह अनाथ आश्रामलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

एकाडेमीले शनिबार १६ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आश्रामलाई उक्त सहयोग प्रदान गरेको हो ।
एकाडेमीका संस्थापक/प्रिन्सीपल हेमचन्द्र भट्टराईले विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको बताए ।

सोही अवसरमा दुईजनालाई उत्कृष्ट विद्यार्थी पुरस्कार प्रदान गरिएको छ । छात्रातर्फ कक्षा १० मा अध्ययनरत सुशिला लिम्बु र छात्रतर्फ कक्षा १० मै अध्ययनरत अमरनाथ शाहलाई पुरस्कार प्रदान गरिएको हो ।


कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीमध्ये बर्षको उच्चतम उपस्थिति पुरस्कार पनि प्रदान गरिएको छ । नर्सरीबाट आयन भट्टराई, एलकेजीबाट नयन श्रेष्ठ, युकेजीबाट नुमा लिम्बु, कक्षा १ बाट विपसना राई, कक्षा २ बाट रिदम पौडेल, कक्षा ३ बाट विप्लक राई, कक्षा ४ बाट दिचनहाङ राई, कक्षा ५ बाट नेलिश भण्डारी, कक्षा ६ बाट निश्चल अधिकारी, कक्षा ७ बाट पल्लवी निरौला, कक्षा ८ बाट धड्कन नेपाल, कक्षा ९ बाट रोशिना खतिवडा र कक्षा १० बाट सुशिला लिम्बुलाई पुरस्कृत गरिएको हो ।

सो अवसरमा बिभिन्न जातजातिका मौलिक नृत्यसहितको साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद भट्टराईको अध्यक्षता र उर्लाबारी नगरपालिका शिक्षा विभाग प्रमुख अशोक घिमिरेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सप्तकोशी अंग्रेजी माविका संस्थापक/प्रिन्सीपल लेखनाथ भट्टराई, नमुना वाल गृह अनाथ आश्रामकी अध्यक्ष मिना बराललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार