
विराटनगर, ७ जेठ/विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा नागेश कोइराला ३०,१७० को भारी मतसहित विजयी भएका हुन् । कोइराला निकटतम प्रतिद्वन्द्वीसँग ८,७१५ मतले अगाडि रहदै विजयी भएका हुन् ।
विराटनगरको उपमेयरमा भने एमालेको तर्फबाट उम्मेदवार शिल्पा कार्की निर्वाचित भइन् । उपमेयरमा कार्की २५,६८० मतसहित विजयी भइन् । उपमेयरमा शिल्पा ११,४६१ मत अन्तरले विजयी भएकी हुन् ।
त्यसैगरी एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१,४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८,७९५ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार प्रह्लाद साहले ५,२१६ मत पाएका छन् ।
विराटनगरमा उपमेयर तर्फका उम्मेदवार अमरेन्द्र यादवले १४,२१९ मत प्राप्त गरे । राप्रपा उम्मेदवार विन्दा लुइंटेलले ६४०१ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५११७ मत प्राप्त गरेकी छिन् ।
जम्मा १९ वडामा विभाजन भएको विराटनगर महानगरपालिकामा एमालेले वडा नम्वर १, २, ३, ४, ८, १०, ११, १४, १९ तथा नेपाली कांग्रेसले ५, ६, ७, ९, १५, १६ साथै जसपा १२, १७, राप्रपा १३ र स्वतन्त्र उम्मेवार वडा नम्वर १८ मा वडाध्यक्षका रुपमा निर्वाचित भएका छन् ।
विराटनगरमा जम्मा मतदाता १ लाख ३३ रहेका छन् भने जसमा खसेको मत ८९ हजार रहेको थियाे।