२०८१ भाद्र २४, सोमबार

प्रत्येक परिवारलाई १० हजार लिटर खानेपानी

२०७९ भाद्र २०, सोमबार
पढ्ने समय : < 1 मिनेट

बिर्तामोड, २० भदौ/झापाको हल्दिबारी गाउँपालिकाले प्रत्येक परिवारलाई १० हजार लिटर खानेपानी निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ ।

‘हाम्रो लगानी घर घरमा स्वच्छ खानेपाानी’ भन्ने नारासहित गाउँपालिकाले आगामी असोज १ गतेदेखि खानेपानी प्रदान गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रममा व्यवस्था गरिएको “हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी ” नारा स्विकृत भई खानेपानीको धारा जडान गरिएको हो ।

सबै घरमा न्युनतम दस हजार लिटरसम्म प्रयोग गरेबापत लाग्ने शुल्क गाउँपालिका भित्र संचालन रहेका खानेपानी उपभोक्ताहरूलाई मासिक रुपमा खानेपानी संरचना निर्माण तथा सुधार कार्यक्रम शीर्षकबाट भुक्तानी दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार