२०८१ भाद्र २४, सोमबार

पित्तथैलीका गम्भीर विमारीलाई हङकङबाट सहयोग

२०८० माघ १०, बुधबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १० माघ/पित्तथैलीसम्बन्धी गम्भीर विमारी परेका मोरङ, उर्लाबारी–९ का ४१ वर्षिय लालबहादुर चेम्जोङलाई बुधबार हङकङमा रहेका नेपालीहरुले सहयोग प्रदान गरेका छन् ।
चेम्जोङलाई हङकङस्थित हेल्पिङ हेण्ड नामक संस्थाले दुई लाख आठ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । उर्लाबारी घर भई हङकङमा कार्यरत नेपालीहरु यो संस्थामा आवद्ध छन् ।
उक्त रकम सागेंहाङ लिम्बु, सुजन सेन्दाङ, कैलाश मगर, समिर तु्रम्बाहाङ्फेलगायतको सक्रियतामा संकलन गरिएको बताइएको छ ।
उक्त रकम विमारी चेम्जोङलाई उर्लाबारी नगरपालिकाका पूर्व मेयर खड्ग फागोले घरमै पुगेर हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार