२०८१ भाद्र २४, सोमबार

पथरीमा ज्येष्ठ नागरिकलाई एम्बुलेन्स फ्री, दिर्घ रोगीलाई १५ हजारको फलफुल

२०८१ असार ११, मंगलवार
पढ्ने समय : < 1 मिनेट

पथरी, ११ असार/मोरङको पथरीशनिश्चरे नगरपालिकाले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई एम्बुलेन्स भाडा निःशुल्क गर्ने भएको छ । नगरपालिकाले दीर्घ रोगीलाई फलफुल खर्च वापत १५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको छ ।

महिलाको आङ खस्ने समस्या मुक्त गर्ने नीति लिएको सो नगरपालिकाले गर्भवती अवस्थामा क्यालसियमको कमी हुन नदिन निःशुल्क क्यालसियमको व्यवस्था र नवजात शिशुलाई किटजन्य रोगको संक्रमणबाट बचाउन किटनाशक झुल बितरण गर्ने प्रवक्ता नविन कार्कीले जानकारी दिए ।

नगरसभाले सोमबार गरेको निर्णयका बारेमा जानकारी दिने उद्देश्यले सो नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा कृषि विकासका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको नगर प्रवक्ता कार्कीले बताए । कृषिलाई प्राराङ्गारिक खेती प्रणालीतर्फ लैजाने उद्देश्यअनुरुप नगरपालिकाले जैवीक मल तथा विषादी अनुदानमा बितरण गर्ने भएको छ ।

नगरसभाले बिभिन्न २६ वटा बुँदा निर्णय गरेको जानकारी दिँदै प्रवक्ता कार्कीले आव २०७५/७६, २०७६/७७, ०७७/७८,०७८/७९ मा महालेखा परिक्षकको कार्यालयबाट लेखा परीक्षण गरी कायम भएको वेरुजु २५ करोड ३२ लाख रुपैयाँ मध्ये आव २०७९/८० को १८ करोड ७६ लाख रुपैयाँ बेरुजु फछ्यौट गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा नगर प्रमुख मोहन तुम्बापोले पत्रकारहरुद्वारा सोधिएका बिभिन्न प्रश्नहरुका जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार