२०८१ कार्तिक २५, आईतवार

एमाले जनताको सेवक वन्ने शासक होइन

२०७९ बैशाख २७, मंगलवार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, २७ वैशाख/नेकपा एमाले उर्लाबारी निर्वाचन परिचालन कमिटीले मंगलबार मुख्य चौकमा चुनावी सभा गरेको छ ।


राती १२ वजेदेखि मौन अवधि सुरु हुने भएपछि एमालेले दिउँसो सभा गरेको हो । सभाअघि उर्लाबारीका विभिन्न तीन स्थानबाट  र्याली प्रदशन गरिएको थियो । उर्लाबारीको हाटखोला, वरगाछी र स्कुलडाँडाबाट  सुरु  भएको र्याली चोकमा पुगेर  सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लालबावु पण्डितले उर्लाबारीमा एमालेको जित निश्चित रहेको दावी गरे । विकासको लागि सुर्य चिन्हमा मतदान गर्नुपर्ने पण्डितको भनाई थियो। एमालेका जनप्रतिनिधि शासक नभइ जनताको सेवक हुनेभएकोले सबै वडाको विकास एमालेले मात्र गर्न सक्ने दाबी गरे ।

एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले उर्लाबारीको समग्र विकास र परिवर्तनको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएकाले सुर्यमा मतदान गरेर  विजयी गराउनुपर्ने वताए । मोरङ क्षेत्र नं. १ का सांसद् घनश्याम खतिवडाले बालकदेखि बृद्धसम्मको रोजाई एमाले मात्र भएकाले यसपटक उर्लाबारीमा एमालेको जित सुनिश्चित भईसकेको ठोकुवा गरे । मेयर पदका उम्मेदवार  गंगाप्रसाद खरेलले चुनावी अभियानका क्रममा काँग्रेसले भ्रम छरेको भन्दै आफू निर्वाचित भएमा नगरवासीको हितमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उर्लाबारीको पुर्वाधार विकास, स्वास्थ्य, कृषि, पर्यटन, शिक्षालगायतका समग्र विषयमा यहाँका सरोकारवालाहरुसँगको सल्लाह र छलफलको माध्यमबाटै सबैलाई समेटेर अगाडि बढ्ने उनको भनाई छ । उर्लाबारीवासी परिवर्तनको पक्षमा रहेको भन्दै खरेलले आफुलाई एमालेको मात्र होईन अन्य दलको समर्थकले समेत मतदान गर्ने विश्वास व्यक्त गरे ।

उपमेयरकी उम्मेदवार मिना खतिवडा पौडेलले महिला अधिकार रक्षा र नगरको सबै वडामा समृद्धि ल्याउन एमालेलाई जिताउन आवश्यक रहेको वताइन ।एमाले प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेलले परिवर्तनका लागि एमालेलाई जिताउन आग्रह गरे ।

सभा एमाले उर्लाबारी निर्वाचन परिचालन कमिटीका संयोजक भुपाल जिमीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार