२०८१ माघ २९, मंगलवार

उर्लाबारीमा स्वर्णलक्ष्मीको साधारणसभा

२०८१ भाद्र २४, सोमबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २४ भदौ/स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सोमबार मोरङको उर्लाबारीमा सम्पन्न भएको छ ।

कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

अध्यक्ष बरालले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी क्षेत्रमा देखिएका र सामाना गरिरहेको अनेक चुनौतिहरुका बाबजुत संस्थाले आव २०८०/०८१ मा ७३ करोड १० लाख रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्न सफल भएको जानकारी दिए ।

हाल संस्थामा चुक्ता शेयर पुँजी ११ करोड ११ लाख ९८ हजार १ सय रुपैयाँ , कोष हिसाब १३ करोड ९५ लाख ६२ हजार ४ सय २५ रुपैयाँ कुल बचत हिसाब ७३ करोड १० लाख ५५ हजार १ सय ४० रुपैयाँ, कुल ऋण लगानी ९९ करोड ५२ लाख ६६ हजार ३ सय १० रुपैयाँ, खुद बचत १ करोड ६७ लाख १७ हजार ३ सय ६९ रुपैयाँ र कुल कारोबार १ अर्ब १६ करोड १६ लाख ९८ हजार ८ सय ४२ रुपैयाँ पुगेको अध्यक्ष बरालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाले दमकमा रहेको मुख्य कार्यालय, सुरुङ्गा, झिलझिले, उर्लाबारी, गौरादह र कमल गाउँपालिकामा ५ वटा सेवा केन्द्रहरु सञ्चालन गरेको छ ।

संस्थाले आ.व. २०८०/०८१ मा कारोबार गर्ने सदस्यहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार गर्ने घोषणा गरेको छ ।

प्रमुख अतिथि प्रदेशसभा सदस्य गौतमले सहकारीमा बचत गर्ने बानी बसाल्दा ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई उद्यमी बन्न प्रेरित गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार