
उर्लाबारी, २० जेठ/देशका अधिकांश भू-भागमा अझै केही दिन गर्मी बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले देशका अधिकांश भू-भागमा तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै पाँच दिन गर्मी बढ्ने महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।
शुक्रबार विराटनगरको अधिकत तापक्रम ३८ दशमलब ६ डिग्री सेल्सियस, चन्द्रगढीको अधिकत तापक्रम ३७ दशमलम ५ डिग्री, केचनाको अधिकत तापक्रम ३९ दशमलब ३९ , काठमाडौको अधिकत तापक्रम ३२ डिग्री र भैरहवा, सिमरा लगायका क्षेत्रहरूमा अधिकत तापक्रम ४२ डिग्री सेल्सियस मापन गरिएको थियो । सबैभन्दा बढी गौरको अधिकतम तापक्रम ४३ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
त्यसैगरी दमकको बिहीबारको अधिकत तापक्रम ३७ दशमलब ४० डिग्री सेल्सियस थियो भने शनिबार पनि सोही हाराहारीमा तापक्रम रहने मौसमविद अधिकारीले बताए ।
शनिबार विराटनगरको अधिकत तापक्रम ३८ दशमलब ४० रहने महाशाखाका मौसमविद अधिकारीले जानकारी दिए ।