विराटनगर, १७ असोज/प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाले उद्योगी व्यापारीलाई सहुलियत कर्जा दिन माग गरेकी छन् । बैंकमा लगानी योग्य पाँच खर्ब रकम पुनरोत्थान कर्जा मार्फत् व्यापारीहरुलाई सुविधा दिन उनको माग छ ।
दोस्रो प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा बुधबार बोल्दै उनले ब्यापार चौपट भएका कारण ऋण तिर्न नसकी कतिपय व्यापारीहरु पलायन भइरहेकोले व्यापारीहरुको हितमा नीति बनाउन आवश्यक रहेको बताइन् ।
उनले उर्लाबारीमा बैंक तथा वित्तिय समस्या सरोकार संघर्ष समिति गठन गरी आन्दोलन सुरु भएको जानकारी गराउँदै उनीहरुको मागलाई पुरा गर्न माग गरिन् ।