२०८१ भाद्र २४, सोमबार

याक्थुङ चुम्लुङमा बानु सुव्बा

२०७९ श्रावण २७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २७ साउन/किरात याक्थुङ चुम्लुङ नगर शाखा उर्लाबारीको अध्यक्षमा बानु सुब्बा निर्बाचित भएकी छन् । याक्थुङ चुम्लुङको शुक्रबार दुर्गापुरीमा भएको पांचौ नगर अधिवेशनले सुब्बालाई अध्यक्षमा  निर्विरोध निर्बाचित गरेको हो ।

नगर शाखाका उपाध्यक्षमा अमर सेलिङ, सचिवमा अन्जु सम्बाहाङ्फे, सहसचिवमा अम्विका सेरेङ र कोषाध्यक्षमा कर्ण मादेम्बा तथा सदस्यहरुमा भक्त तिलिङ चोङवाङ, देउमान लिम्बु, सुसन लिम्बु र धनराज कुरुम्बाङ निर्विरोध निर्बाचित भएका छन् ।

लिम्बु जातीको भाषा, लिपी, संस्कार र संस्कृतिको संरक्षण र विकासका लागि क्रियाशिल यस समितिको कार्यकाल तीन वर्षको रहने छ ।चुम्लुङकै अगुवाईमा वर्षेनी लिम्बु जातीको महान चाड चासोक तङनाम र महत्वपुर्ण चाड कक्फेक्वा तङनाम मनाउने गरिएको छ । मंसिरे पुर्णिमाको दिन उर्लाबारी-९ आम्बारीमा चासोक तङनाम र माघ १ गते उर्लाबारी-३ मंगलबारेमा कक्फेक्वा तङनाम मनाउने प्रचलन छ । चासोक तङनामको अवसरमा तीन दिने चासोक महोत्सव   सन्चालन गरिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार