
उर्लाबारी, १९ असोज/मोरङको उर्लाबारी-५ स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले शनिबार उत्कृष्ठ शेयर सदस्य तथा बचतकर्ताहरुलाई सम्मान गरेको छ ।
उर्लाबारी-४ स्थित जयवशिष्ठ रिसेर्टमा आयोजित १४ औं साधारण सभाको अवसरमा एक सय वाल शैक्षिक बचतकर्ता, ६० जना उत्कृष्ट शेयर सदस्य र एकजना एसईई परीक्षा टपरलाई सम्मान गरिएको हो ।
त्यस अवसरमा सहभागी पत्रकारहरुलाई पनि सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।