२०८१ माघ २९, मंगलवार

मोटरसाइकल र सिटि सफारी ठोकिंदा दुई घाइते

२०८१ श्रावण ११, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी. ११ साउन/ मोरङको उर्लाहारी-७ इटहरा रोडमा शुक्रबार दिउंसो ४ बजे प्रदेश-१-०३-००१ प-३५७५ नम्बरको मोटरसाइकल र सिटी सफारी ठोकिंदा दुईजना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी-७ का ३५ वर्षिय राजु लामिछाने र सिटी सफारीमा सवार १७ वर्षिया रुपा निरौला सामान्य घाइते भएका छन् । लामिछानेको निधार र निरौलाको आंखामा चोट लागेको छ ।

उनीहरुको स्थानीय अरनिको अस्पतालमा उपचार भइरहेको छ । सफारी चालक झापा, दमक-३ का किरण घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार