प्रेष्मा दंगाल
परिचय
तितेकरेला नेपालीहरु माझ एक प्रशिद्ध तरकारी हो । जसलाई वैज्ञानिक नाम Momordica charantia द्वारा चिनिन्छ । यसको उत्पत्ती दक्षीण एशियामा भएको मानिन्छ भने नेपालमा यसको खेती प्राचीनकालदेखि नै हुँदै आएको छ । यसलाई फलको रुपमा उत्पादन गरिन्छ भने यसको फल विशेषगरी तितो भएतापनि स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसबाट धेरै पोषक तत्वहरु लिन सकिन्छ । यसमा एन्टी अक्सीडेन्ट, एन्टी डाइवेटिक र एन्टी भाइरल गुणहरु पाइन्छ, जसले मधुमेह, ज्वरो र छालाको समस्याहरुको उपचारमा मद्दत पुर्याउने गर्दछ । त्यसैले यसलाई औषधिका रुपमा समेत प्रयोग गरिँदैआएको छ ।
यसको खेती नेपालको पहाडी र तराई क्षेत्रहरुमा व्यापाकरुपमा गरिन्छ र यो नेपालका अधिकांश घरमा नियमितरुपमा पकाएर तरकारीका रुपमा खाने गरिन्छ । यसको स्वाद तितो भएपनि यसलाई तरकारी,अचार, जुस आदिको रुपमा प्रयोग गरिन्छ ।
हामीले विद्यालयमा उत्पादन गरिएको करेलाको जात (पाली) भएकोले यसका अन्य जातहरु जनकारीका लागि कृषि डायरीमा उल्लेख भएका छन् ।
–जात ः पाली ँज्ञ
–सिफारिस वर्ष २०६७ (द्दण्ज्ञण्)
–पाक्ने दिन ः ४० देखि ५०
–उत्पादन क्षमता (मे.टन÷हे.)४५ देखि ५०
–सिफारिस क्षेत्र ः तराई, पहाड र उच्च पहाड
–वेर्ना सार्ने समय ः तराई ः फागुन–चैत
–मल खाद ः (केजी÷रोपनि) कम्पोष्ट १५००, युरिया १०, डिएपी ६, पोटास ३
–बेर्ना लगाउने दुरी (सेमी)
ड्याङदेखि ड्याङको दुरी १५०
बोटदेखि बोटको दुरी १००
छोटो टिप्पणी
उर्लाबारी–६ मोरङमा अवस्थित राधिका माध्यमिक विद्यालय, प्राविधिक धार वाली विज्ञानमा अध्ययनरत कक्षा ११ का विद्यार्थी अर्थात् हामीले विद्यालयमा तिते करेला खेती गर्ने निर्णय गर्यौ. । कक्षा १२ मा तरकारी खेती सम्बन्धी विषय रहेकाले अहिले नै केही तरकारी वाली लगाएर त्यसको अनुसन्धान, परीक्षण र अध्ययन गरेमा कक्षा ११ उत्तीर्ण भइसकेर १२ मा पुगेपछि तरकारी सम्बन्धी विषय अध्ययन गर्न सहज हुनेछ भन्ने उद्दश्यका साथ हामीले यो निर्णय लिएका थियौं ।
खेती गर्ने प्रक्रिया
हामीले यसवर्ष तितेकरेलाको खेती गर्नका लागि पालि पाली ँज्ञ नामक जात छनौट गर्यौं । यसको ९न्भचmष्लबतष्यल ५० अंकुरण ९७ प्रतिशत थियो भने ९एजथकष्अब िउगचष्तथ० भौतिक शुद्धता ९८ प्रतिशत र ९न्भलभतष्अ उगचष्तथ० आनवांशिक शुद्धता ९७ प्रतिशत थियो ।
मिति २०८१÷१÷९ गते हामीले तितेकरेलाको वीउ राखयौं । वीउ राख्नका लागि हामीले केही सामग्री तयार पार्यौ. । जस्तै एउटा सफा ट्रे, पानीमा भिजाएको कोकपिट र राम्रो संग कुहिएको गोबर मल ९ँथ्ः० को मिश्रण राख्यौं ।
कोकपिटले माटोको संरचना सुधार गर्नु पानी सोस्ने क्षमता राख्नुका साथै हावा र पानीलाई सजिलै पास गराउने र वीउलाई उचित वातावरण प्रदान गर्ने भएकाले हामीले वीउ राख्नका लागि कोकपिट प्रयोग गरेका हौं । गोबर मलमा भने विरुवालाई चाहिने आवश्यक पोषक तत्वहरु जस्तै ः नाइट्रोजन, फोस्फोरस, पोटासियम र अन्य सुक्ष्म तत्व प्राकृतिकरुपमा पाइने गर्दछ । जसले वीउको अंकुरण क्षमता र विरुवाको विकासलाई वढवा दिन्छ ।
ट्रेमा मिश्रण राम्रोसँग हालेपछि हामीले वीउलाई करिब १ देखि २ सेमीको गहिराईमा मिश्रणमा राख्यौं र वीउलाई मिश्रणले हल्का ढाकेर थिचिदियौं । ताकी वीउ ठीकसँग वसोस् । हामीले जम्मा १५० वटा वीउ राखेका थियौं । वीउ छरेपछि हामीले मिश्रणमा हल्का सिचाई गरिदियौं ताकी चिस्यान वनिरहोस् तर सिचाई गर्दा अध्यधिक पानी हालेमा वीउ कुहिन सक्ने भएकाले ध्यान पुर्याउनु पर्दछ । सिचाई गरेर सुकेपछि हामीले ट्रेलाई छायामा राखिदियौं । जहाँ सिधा सुर्यको प्रकाश पर्र्दैन । माटोमा चिस्यान कायम गर्न हामीले नियमित सिँचाई गर्यौ तर सिचाई गर्दा पानी जम्न भने दिनु हुँदैन । वीउ राखेको करिब सात दिन (मिति २०८१÷१÷१६ गतेदेखि ३० प्रतिशत् अंकुरण सुरु भयो ।
तितेकरेलाको वीउ अंकुरण पछि र मुख्य खेतमा प्रत्यायरोपणा –त्चबलकउबिलत० गर्नु अघि वीउको स्वास्थ्य र सफलता सुनिश्चित गर्न केही कदमहरु लिनु उचित हुन्छ । जसमा फन्जीसाइड प्रयोग र विरुवाको हार्डनिङ प्रक्रियालाई समावेश गर्न सकिन्छ ।
फन्जीसाइड प्रयोग किन आवश्यक छ ?
तितेकरेलका विरुवाहरुलाई सुरुवाती अवस्थामा ढुसीजन्य रोगहरुबाट जोगाउन फन्जीसाइड प्रयोग गर्न सकिन्छ ।
नोट ः फन्जीसाइड प्रयोग गर्दा सिफारिस गरिएको मात्रा र विधिअनुसार प्रयोग गर्नु अत्यवश्यक छ । ताकी विरुवाहरुmलाई कुनै हानी नहोस् ।
हार्डनिङ ९ज्बचमलष्लन० प्रक्रिया किन आवश्यक छ ?
हार्डनिङ भनेको विरुवालाई वाहिरी वातावरणको कठिनाईहरुसँग अनुकुल वनाउन गरिएको प्रक्रिया हो । यसले विरुवाको प्रतिरोधात्मक क्षमता बढाउँछ र मुख्य खेतमा प्रत्यारोपण गर्दा विरुवालाई वातावरणीय तनाव (जस्तै उच्च तापक्रम, कम चिस्पान आदि) सहनमा मद्दत गर्दछ ।
हामीले पनि मिति २०८१÷१÷२० गते फन्जीसाइड स्प्रे गर्यौं । हामीले डाइथेन एम ४५ ९म्ष्तजबलभ mद्धछ० २ ग्राम पाँच लिटर पानीका दरले प्रयोग गर्यौं । साथै मिति २०८१÷१÷२१ गतेदेखि २३ गतेसम्म हामीले हार्डनिङ प्रक्रिया अपनायौं । हामीले हार्डनिङमा तीनदिन सिंँचाईलाई रोक्यौं ताकी विरुवाले सिमित पानीमा पनि आफ्नो जरा विस्तार गर्न सकुन । यस प्रक्रियाले विरुवालाई मुख्य खेतमा राम्रोसँग वृद्धि विकास गर्न मद्दत गर्छ ।
मिति २०८१÷१÷२० गते तितेकरेलाको खेतिका लागि सिँचाईको सुविधा हुनेगरी खेत तयार गर्यौं । जहाँ ९च्ष्मनभ बलम ागचचयध० अर्थात् डाँडा वा रिज, नाली वा खाडल तयार गरियो ।
रिज ९च्ष्मनभ०
रिज भनेको खेतमा माटोको एउटा उचाई भएको पट्टि हो जसलाई विशेषगरी विरुवा रोप्नका लागि तयार पारिन्छ ।
फरो ९ँगचचयध०
फरो भनेको दुईवटा रिजको बीचको खाडल हो । जसलाई सिँचाई पानीको निकास र विरुवाको जरालाई थप स्थान दिनका लागि वनाइन्छ ।
सबैभन्दा सुरुमा हामीले रिज र फरो तयार पार्नालाई खेतको राम्रोसँग खनजोत गर्यौ र माटोलाई राम्रोसँग वुुरवुराउँदो पार्यौं । हामीले रिज वनाउ्रँदा माटोलाई एकै ठाउँमा उठाएर एक मिटर चौडा र २० सेमि अग्लो वनायौं भने दुई रिज बीचमा पर्ने फरोलाई भने ४० सेमि चौडा वनार्याै जसले सिँचाई र पानीको निकासको व्यवस्था गर्न सहयोग गर्छ ।
रिज र फरो तयार पारेपछि मिति २०८१÷१÷२४ गते हामीले विरुवाको प्रत्यारो्पण गर्यौं । माथि वनाएको नक्शा झैं हामीले त्रिभुज प्रणालीमा विरुवाको प्रत्यायरोपण गर्यौं । हामीले त्रिभुज आकार १ मि.×१ मि. र खाल्डो ९एष्त० को गहिराई ३० सेमी राख्यौं । हामीले खाल्डोमा मलको मिश्रण युरिया, डिएपी, पोटास, माइक्रो न्युट्रियन र कम्पोष्टलाई राम्रोसँग मिलाएर हाल्यौं ताकी विरुवालाई आवश्यक पोषक तत्वहरु प्रदान होस् । खाल्डोमा मलखाद राम्रोसँग हालेपछि त्यसमा विरुवालाई राम्रोसँग सार्यौं÷प्रत्यायरोपण ९त्चबलकउबिलतष्लन० र हल्का सिँचाई तुरुन्त प्रदान गर्यौं ।
मलखादको मात्रा
युरिया, डिएपि, पोटास ः ०.५ केजी, १ केजी, १ केजी
माइक्रोन्युट्रियन आवश्यकताअनुसार र राम्रोसँग पाकेको कम्पोष्ट मल
तितेकरेला जस्तै लहरे वालीको उचित वृद्धि र फाइदाजनक उत्पादनका लागि वाँसको सहारा टेका÷थांक्रा ९क्तबपष्लन० लगाउनु महत्वपुर्ण हुन्छ । विरुवाको लहराहरु बढ्दै जाँदा वाँसको थांक्राको सहरा खोज्ने भएकोले विरुवालाई सहि दिशामा बढ्न सहयाता पुर्याउँछ । हमीले पनि मिति २०८१÷२÷८ गतेदेखि मिति २०८१÷२÷१३ गतेसम्म थांक्रा लगाउने प्रक्रिया पुरा गर्यौं । हामीले लामो र वलियो वाँसको भाटाहरु प्रयोग गरी वाँसहरु जोड्न र बोट विरुवाहरुलाई बाँध्नका लागि वलियो डोरी र तारको प्रयोग गर्यौं । वाँसको लठ्ठीलाई कम्तीमा ३० देखि ४० सेमी गहिराईसम्म माटोमा गाड्यौं । जसका कारण वलियो र स्थिर रहोस् । हामीले वाँसको दुरी ९क्उबअष्लन० २ मि.×१.५ मि. का आधारमा थांक्रा लगाउने प्रक्रिया सक्यौं ।
मिति २०८१÷२÷१४ गतेदेखि १६ गतेसम्म छार उखेल्यौं९ध्भभमष्लन० ।
खेतमा रहेको झारपातहरु हटाउने, माटो हल्का फुकिलो वनाउने जस्ता क्रियाकलापहरु हामीले त्यो बीचमा अपनायौं । मिति २०८१÷२÷१६ गते हामीले वालीमा निमको तेलको छिटा प्रयोग गर्यौं । ९ल्भझ यष् िकउचबथ० २ देखि ४ मि.लि.निमको तेल १ लि.पानीमा मिसाएर राम्रोसँग हल्लाएर स्प्रे गर्यौं । निम तेलको छिटाले पातमा जलन नहोस् भनेर साँझको समयमा हामीले यसको प्रयोग गर्यौं । निमको तेल प्रयोग गर्नुको मुख्य फाइदाहरु ः यसले थुप्रै रोग किराहरुबाट विरुवालाई जोगाउन मद्दत पुर्याउँदछ ।
मिति २०८१÷२÷१९ गतेदेखि तितेकरेलाको बोटमा फुल फुल्न सुरु भएको थियो । मिति २०८१÷२÷२१ गते हामीले तितेकरेलामा ख्भनष्mबह ९बल यचनबलष्अ कगउउझिभलत० को प्रयोग गर्यौं । भेजिमेक्स एक प्रकारको जैविक मल ९द्यष्य(ाभचतष्ष्शिभच० हो, जुन विभिन्न प्रकारका वोट विरुवाहरुको वृद्धि र उत्पादनमा सुधार गर्न प्रयोग गरिन्छ । भेजिमेक्समा रहेको हर्मोनहरु र पोषक तत्वहरुले विरुवाको जरा, पात र फलको वृद्धि गर्न मद्दत पुर्याउँछ सार्थै यो जैविक मलले विरुवाको उत्पादन वृद्धि गर्न समेत मद्दत गर्छ, जसले फलको आकार, रङ र स्वादमा सुधार ल्याउँछ ।
तितेकरेलामा मिति २०८१÷२÷२२ गतेदेखि फल लाग्न सुरु भएको थियो । मिति २०८१÷३÷१ गते हामीले वालीमा फेरोमेन ट्रयाप (पासो) लगायौं । बिभिन्न किटहरुको नियन्त्रणका लागि हामीले यसको प्रयोग गरेका हौं । मिति २०८१÷३÷५ गते हामीले पहिलो फल संकलन गर्यौ ९ज्बचखभकतष्लन० । मिति २०८१÷३÷९ गते हामीले दोस्रोपटक फल संकलन गर्यौं साथै पि.जि.आर. ९एबिलत नचयधतज चभनगबितयच० अर्थात् विरुवाको वृद्धि नियामकको स्प्रे पनि गर्यौं । उत्पादन प्रक्रियालाई वृद्धि गर्न र नियन्त्रढण गर्न हामीले यसको प्रयोग गरेका हौं । फल संकलन गर्ने र बेच्ने ९ःबचपभतष्लन० प्रक्रिया जारी रह्यो । फेरी मिति २०८१÷३÷३१ गते डाइथेम एम ४५ स्प्रे गरियो, करेला टिपिसके पछाडि यसको प्रयोग गरिएको हो ।
तितेकरेलाको खेती गर्दा अवलोकन गरिएको किरा फ्रुट फ्लाई हो । यसले फललाई छेडेंर अण्डा पार्ने र फलको विकास सँगै अण्डाको पनि विकास हुँदै जाने र पछि गएर लार्भा उत्पादन हुने र फल कुहिने गर्दछ । औंशा किराका कारणले फलको गुणस्तरमा कमी आउने गर्दछ । यसको नियन्त्रणका लागि हामीले फेरोमेन ट्रयाप गरेका थियौं । तितेकरेला खेती गर्दा देखिएका अन्य किराहरु जस्तै ः लाही, सेतो झिँगा, खप्टे किरा आदि हुन् ।
निश्कर्ष ः
यस तितेकरेलाको खेतीद्वारा हामीले खेतीको प्रक्रिया सिक्ने र अनुभव गर्ने अवसर पायौं । यसले हाम्रो कृषिगत ज्ञानमा वृद्धि गर्नुका साथै व्यावहारिक सीपहरु सुधार्न समेत मद्दत पुर्याएको छ ।
प्रेष्मा मोरङको उर्लाबारी- ६स्थित राधिका माध्यमिक विद्यालयमा कक्षा १२ मा कृषि विषय अध्ययनरत छिन् ।
प्रशिक्षक : रुपक वुढाथोकी