
उर्लाबारी, ५ असोज/एक करोड १३ लाख रुपैयाँको लागतमा मोरङको उर्लाबारी–६ मा वडा कार्यालयको पक्की भवन निर्माण गरिएको छ । नगरपालिकाको आफ्नै श्रोतबाट यो भवन निर्माण गरिएको हो ।
नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मिना खतिवडा पौडेलले शुक्रबार एक कार्यक्रमबीच नवनिर्मित आठ कोठे भवन संयु्रक्तरुपमा उद्घाटन गरेका थिए ।
वडाध्यक्ष चिन्तामणी पौड्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा माओवादीका नगर अध्यक्ष गजेन्द्र दंगाल, उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापालगायतले मन्तब्य राखेका थिए ।
वडा सदस्य दुर्गावती लिम्बुले स्वागत मन्तब्य राखेको सो कार्यक्रममा जग्गादाता लक्ष्मीप्रसाद आचार्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।