२०८१ भाद्र २४, सोमबार

१४ वर्षे बालिकाको मृत्युको घटनाले सनसनी

२०७९ भाद्र २५, शनिबार
पढ्ने समय : < 1 मिनेट

वराहक्षेत्र(सुनसरी), २५ भदौ/सुनसरीको वराहक्षेत्र–२ हाटखोलामा एक १४ वर्षे वालिकाको मृत्युको घटनाले सनसनी फैलिएको छ ।
स्थानीय एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विपिना पाँचकोटीको अकस्मात् मृत्यु भएपछि त्यस घटनाले सनसनी रूप लिएको हो ।

बुबा दिपक पाँचकोटीको पाँच वर्षअघि मृत्यु भएको र आमा मुना दर्जी वैदेशिक रोजगारीको सिलसिलामा ओमन गएपछि विपिना विगत पाँच वर्षदेखि बढी बुवा प्रदिप पाँचकोटीमा घरमा बस्दैआएकी थिइन् । यही भदौ १९ गते घरकै कोठाभित्र विपिना मृत फेला परेकी थिइन् । ‘हेर्दा खाटमा वसेको जस्तो देखिन्छ, खुट्टाले भुइं छोएको छ’, घटनास्थल पुगेका विपिनाका मामा अशोक दर्जीले भने, ‘यो आत्महत्या नभई हत्या नै हो ।’

विपिनाको मृत्यु भएको खबरले स्तब्ध बनेकी आमा मुना दर्जी अहिले ओमनबाट नेपाल फर्केकी छन् । उनले आफ्नो छोरीको हत्या भएको दाबी गरेकी छन् । उनले घटनाको निश्पक्ष तरिकाले छानविन गरी दोषीउपर कारबाही गर्न माग गरेकी छन् ।

यसैबीच आरोपी विपिनाका बढिबुवा प्रदिप पाँचकोटीले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले आफूले अघिल्लो दिन एक झापड मात्र हिर्काएको तर त्यो भन्दा बढी आफूले केही नगरेको दाबी गरेका छन् ।

मृतक बालिकाको शबलाई धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्ट्मार्टम गरी चतरामा अत्येष्टी गरिएको छ । आरोपी प्रदिप पाँचकोटीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार