२०८१ भाद्र २४, सोमबार

क्याम्पस प्रमुख कार्की प्रहरी नियन्त्रणमा

२०८१ भाद्र ४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ३ भदौ/ उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्कीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । सवारी ज्यान मुद्धामा प्रहरीले कार्कीलाई  नियन्त्रणमा  लिएको हो ।

गत शुक्रबार मोरङको कानेपोखरी गाउपालिका वडा नम्बर ७ मा कार्कीले चलाएको प्र-१-०१-०१६ प ८२३५ नम्बरको मोटरसाईकलबाट लडेर उर्लाबारी वडा नम्बर ४ आईतबारेकी सर्मिला बोहोरा घाईते भएकी थिईन् । उनलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको थियो ।

अस्पतालले बोहोराको टाउकोमा गम्भिर चोट लागेकोले थप उपचारको लागि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल लगिएको थियो । उनको उपचारकै क्रममा सोमबार बिहान करिव ४:१० बजे मृत्यु भएको थियो । यसै घटनालाई लिएर प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार