२०८१ चैत्र १०, सोमबार

चार्ल्स शोभराजको ठाउँमा रणदीप हुडाको फोटो भाइरल

२०७९ पुष ९, शनिबार
पढ्ने समय : < 1 मिनेट

नेपालको कारागारबाट रिहा भएपछि सिरियल किलर चार्ल्स शोभराजलाई उनकै देश फ्रान्स डिपोर्ट गरिएको छ । पछिल्ला दुई दिन शोभराज नेपालसहित अन्तर्राष्ट्रिय मिडियामा समेत उनी चर्चामा रहे ।

मिडियादेखि सामाजिक संजालमा शोभराज भाइरल बनिरहँदा बलिउड अभिनेता रणदीप हुडाको तस्वीर समेत ब्यापक सेयर भयो । प्रतिष्ठित मिडियाले नै चार्ल्स भन्दै रणदीपको तस्वीरलाई प्रयोग गरेका थिए ।

खासमा उक्त तस्वीर सन् २०१५ मा रिलिज भएको हुडा स्टारर फिल्मको तस्वीर हो जहाँ उनले शोभराजकै भूमिकामा अभिनय गरे । शोभराजको ठाउँमा आफ्नो तस्वीर सेयर भएपछि अभिनेता हुडाले प्रष्टीकरण दिएका छन् ।

उनले उक्त समाचारको तस्विर ट्वीट गर्दै लेखेका छन्, ‘यो ब्याक ह्यान्डेड कम्प्लिमेन्ट हो वा तपाई वास्तवमै ‘रियल’ र ‘रिल’ चार्ल्स शोभराजबीच भ्रममा पर्नुभयो ?

यो तस्वीरलाई लिएर हास्यास्पद प्रतिक्रिया पनि प्राप्त भएका छन् । तस्वीरमा केही कारण पनि थियो जसले गर्दा धेरैजना रिल र रियलका चार्ल्स एउटै हुन् भन्ने भ्रम धेरैलाई भयो ।

लेखक र स्तम्भकार जैनाब सिकन्दरले अभिनेता हुडाको ट्विटको जवाफ दिए, ‘मान्छेहरु भ्रममा परे किनभने चार्ल्स शोभराजको त्यो भूमिकाको लागि तपाईंले आफूलाई चरित्रमा रूपान्तरण गर्नुभयो । उनीहरूलाई दोष दिन सकिँदैन ।’

प्रवाल रमनद्वारा निर्देशित फिल्म ‘मैं और चार्ल्स’ मा ऋचा चड्डा, आदिल हुसैन, एलेक्स ओ’नेल, मन्डना करीमी र लक्की मोरानीले पनि अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार