२०८१ चैत्र १०, सोमबार

‘संस्था ठगिएको हो, शेयर सदस्य होइन’–अध्यक्ष घिमिरे

२०७९ भाद्र १८, शनिबार
पढ्ने समय : < 1 मिनेट

रूपेन्द्र शेर्मा

उर्लाबारी, १८ भदौ/मोरङको उर्लाबारी–६ स्थित सुर्य बचत तथा ऋण सहकारी संस्था ठगीमा परेको अध्यक्ष तेजनाथ घिमिरेले स्वीकार गरेका छन् । तर संस्था ठगीमा परेपनि शेयर सदस्य सुरक्षित रहेको उनको दाबी छ ।

‘संस्था ठगिमा परेको हो, तर शेयर सदस्य ठगीमा परेका छैनन्’, शनिबार आयोजित २२ औं वार्षिक साधारणसभामा अध्यक्ष घिमिरेले भने, ‘शेयर सदस्यहरुको एक रुपैयाँ पनि हिनामिना हुन दिँदैनौ ।’

‘शेयर सदस्यहरुको बचत सुरक्षित छ, तपाईहरु बिचलित नहुनुहोस्’, घिमिरेले भने, ‘संस्था ट्रयाकमै छ, तपाईहरुको एक रुपैयाँ पनि दायाँ वायाँ हुन दिदैनौ ।’ छानविन समितिको प्रतिवेदनअनुसार २६ लाख ९८ हजार ४० रुपैयाँ हिनामिना भएकोले त्यसमा सम्लग्न कर्मचारीविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएको उल्लेख गर्दै अध्यक्ष घिमिरेले भने, ‘रकम हिनामिना गर्नेलाई कसैले पनि उन्मुक्ती दिनु हुँदैन, आर्थिक अपचलन गर्नेलाई कडा कारबाही गर्नुपर्छ ।’

अध्यक्ष घिमिरे बोल्दैगर्दा केही सहभागीहरुले हो–होल्ला गरेपछि उनले भने, ‘मलाई पहिला बोल्न दिनुहोस्, त्यसपछि तपाईहरु आफ्नो कुरा राख्नुहोस् ।’

विगत चार महिनादेखि नै आरोपितहरुले संस्थाको रकम ठगी गर्न सुरु गरेपनि सञ्चालकहरुले ध्यान दिन नसकेकोले रकम हिनामिना भएको सचिव गोपाल भट्टराईले स्वीकारेका छन् । ‘हस्ते चेक र शेयर सदस्यबाट संकलित रकमबाट ठगी गरिएको छ’, उनले भने ।

सभाका प्रमुख अतिथि रहेका उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणी पौडेलले रकम हिनामिनाको विषयलाई लिएर अनावश्यकरुपले झै–झगडा गर्न नहुने तर्क गरे । ‘झगडा गरेर हुल्दुंगा गरेर हुँदैन, धौर्य गर्नुपर्छ!, उनले भने ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार