बुद्ध एयरको विमानभित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर बरामद गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पार्क गरिएको विमानभित्र १० हजार ८ सय अमेरिकी डलर बरामद गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।
एक सयका दरले १ सय ८ थान डलर बरामद भएको हो।
बुद्ध एयरको उडानमा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्याण्ड ब्यागभित्र वेवारिसे अवस्थामा डलर फेला परेको हो।
हिजो साँझ फ्लाइट पछि विमानका कर्मचारीले सरसफाइ गर्नेबेलामा एउटा ब्यागमा फेला परेको हो,’ श्रेष्ठले भने।
सो रकम राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ।
‘कुनै विदेशीको हुनसक्ने भनेर प्रमाणसहित हामीले दाबी गर्न आउन भनेका छौं,’ श्रेष्ठले भने।