२०८१ भाद्र २४, सोमबार

गुणस्तरीय शिक्षाको ग्यारेन्टी वर्ल्ड स्कुलमा

२०७९ फाल्गुन १६, मंगलवार
पढ्ने समय : 2 मिनेट

इटहरी, १६ फागुन/ काठमाडौं वर्ल्ड स्कुल, जुन स्कुल शैक्षिक जगतमा चिरपरिचित नाम हो । छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ ।

आवास सुविधासहितको अन्तर्राष्ट्रियस्तरको स्कुलको अभावमा हरेक वर्ष धेरैको सङ्ख्यामा नेपाली अभिभावकले आफ्ना नानीबाबुहरूलाई मुलुकबाहिर लैजानुपर्ने अवस्थाको अन्त्य गर्न २०७४ सालमा स्थापित यस स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ ।

स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । स्कुलमा शान्त वातावरण, छात्र तथा छात्राको आवास गृह, स्विमिङ पुलसहितको अतिरिक्त क्रियाकलाप भवनमा नृत्य, सङ्गीत, मार्सल आर्ट्स, लाउन टेनिस, नाटक, फाइन आर्ट, इनडोर मन्टिपर्पोज कोर्ट, फुटसल अनि अतिरिक्त प्रयोगात्मक कक्षाहरूको लागि पनि छुट्टाछुट्टै व्यवस्था रहेको छ ।

कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वर्ल्ड स्कुलले जोड दिँदै आएको स्कुलका चियरम्यान डा.ई. मिथिलेश कुमार झाले बताए ।

तल्लो तहका कक्षा जस्तै प्लस टु अध्ययन गर्ने विद्यार्थीहरूको रोजाइमा समेत यस स्कुल पर्ने गरेको छ । अन्य कलेजभन्दा धेरै महँगो भन्ने बाहिरको बुझाइ सत्य नभएको स्कुल परिवारले स्पष्ट पारेको स्कुलको समग्र गुणस्तर र सेवाको हिसाबले केही महँगो भए पनि प्लस टु भने अन्य कलेजको तुलनामा सस्तो रहेको स्कुलका प्रिन्सिपल केसर बहादुर खुलालले बताए ।

खुलालले अनुसार स्कुलले स्थापनाको छोटो समयमै आफूलाई अग्रणी विद्यालयको रूपमा उभिन सफल भएको दाबी समेत गरेका छन् ।

वल्ड स्कुल पूर्वका सहरमा
वल्ड स्कुलले शिक्षामा सबैको सहभागितालाई सुनिश्चितता गर्नका लागि पूर्वका सहरहरूमा एजुकेस्नल टुर आयोजना गर्दै छ । व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले पूर्वका धरान, विराटनगर र बिर्तामोडमा एजुकेस्नल टुरको आयोजना गर्ने भएको हो ।

फाल्गुन १९ गते दिउँसो २ बजे सिद्धार्थ होटेल, २० गते दिउँसो ३ बजे होटेल गजुर प्यालेस तथा २१ गते बिहान ८ बजे रत्ना होटेल विराटनगरमा शैक्षिक परामर्श सहित विशेष कार्यक्रमको आयोजना गर्ने छ । कार्यक्रममा सहभागी भई शैक्षिक परामर्श लिनका लागि अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार