२०८२ बैशाख ६, शनिबार

स्वर्णलक्ष्मीको साधारणसभा

२०७९ भाद्र १६, बिहीबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १६ भदौ/झापाको दमक–६ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बिहीबार मोरङको उर्लाबारीमा १३ औं वार्षिक चुनावी साधारण सभा सम्पन्न गरेको छ ।

करिब सात हजार शेयर सदस्य रहेको सो संस्थाले गौरादह, सुरुङ्गा, झिलझिले र उर्लाबारीमा सेवा केन्द्र सञ्चालन गरेको छ ।
संस्थाका अध्यक्ष रवि न्यौपानेको अध्यक्षता र उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापाको प्रमुख आतिथ्यता भएको सो सभामा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, संस्थाका सचिव बुद्धिसागर बराल, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक शिवप्रसाद अधिकारीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार