काठमाण्डौ, १७ माघ/प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवासहित आठ जनालाई सम्मान गरेका छन् ।
मानव अधिकारका लागि महिला एकल महिला समूह (डब्लुएचआर) द्वारा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रदेश १ की प्रदेश सभा सदस्य शोभासहित आठजनालाई सम्मान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले प्रनिनिधि सभा सदस्य जाजरकोटकी नैना कार्की रावल, कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ, कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाही, जानकी थिङ, गण्डकी प्रदेश सभा सदस्य विमला गौचन, सुदुरपश्चिम सभा सदस्य खेमादेवी विष्ट, वागमती प्रदेश सभा सदस्य मायादेवी शर्मालगायतलाई सम्मान गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालमा परिवर्तन र मुक्तीका लागि महिलाहरुले ठूलो वलिदान गरेको उल्लेख गर्दै एकल महिलाहरुको हकअधिकारलाई सम्बोधन गर्न आफू तयार रहेको बताए ।
एकल महिलाहरुको सामाजिक सुरक्षा गम्भीर प्रकृतिको भएको र त्यसलाई सम्बोधन गर्ने उनले बताए । महिलाहरुले संघर्ष नगरेको भए, वलिदान नदिएको भए, किर्तिमानी नराखेको भए र रगत नबगाएको भए नेपाल अहिलेको अवस्थामा आइनपुग्ने बताए ।
समूहकी अध्यक्ष कविता पाण्ढेको अध्यक्षतामा भएको सो कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, भारतीय राजदुत मिशनका उपप्रमुख प्रशन्न श्रीवास्तव, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा समूहकी संस्थापक अध्यक्ष लिलि थापालगायतले बोलेका थिए ।