२०८१ भाद्र २४, सोमबार

कांग्रेस कार्यालयमा देउवाविरुद्ध नाराबाजी

२०७८ चैत्र ११, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं,११ चैत/नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।

नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा गएको वेला नाराबाजी भएको हो । पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले देउवाविरुद्ध नाराबाजी गरेपछि माहोल तातिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार