२०८१ भाद्र २४, सोमबार

‘सबै धर्मलाई सम्मान गर्नुपर्छ’–शोभा चेम्जोङ पालुङ्वा

२०७९ पुष १०, आईतवार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, १० पुस/प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले धार्मिक सहिष्णुता कायम गरेर मात्र राष्ट्रिय एकतालाई बलियो बनाउन सकिने राय व्यक्त गरेकी छन् ।

‘सबै धर्मको उद्देश्य सभ्य समाज निर्माण गर्नु हो, त्यसैले सबै धर्मलाई सम्मान गर्नुपर्छ’, ईशाई धर्मावलम्वीहरुको महत्वपूर्ण चाड क्रिष्टमसको अवसरमा आइतबार मोरङको उर्लाबारी–१ स्थित फेथ चर्च परिवारद्वारा आयोजित शुभकामना अदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् । हिन्दु, बौद्ध, किरात, इस्लाम र क्रिश्चियन सबै धर्मको उद्देश्य मानव जातीलाई सतमार्गमा लैजानु भएकाले सबै धर्म बीचको एकता बलियो बनाउनुपर्ने उनको भनाई छ ।
आपसी सदभाव, भाइचारा र बन्धुत्व नै नेपालीहरुको पहिचान भएको बताउँदै उनले सबै धर्मावलम्वीबीचको पारस्परिक सम्बन्धबाट मात्र राष्ट्रिय एकतालाई बलियो बनाउन सकिने कुरामा जोड दिएकी छन् ।

बहुजाती, बहुभाषी र बहुधर्मावलम्वी भएको हाम्रो समाजमा मनाइने सबै चाड पर्वहरुको आ–आफ्नै किसिमको महत्व हुने उनको भनाई छ ।
चुनावको दौरानमा विकास निर्माणका बारेमा गरेका बाचा पुरा गर्ने समेत उनको प्रतिबद्धता छ । तर स्थानीय समस्या समधानका लागि सबैको साथ, सहयोग र सहकार्य आवश्यक पर्ने उनले बताइन् ।

विकास निर्माणलाई अगाडि बढाउन महिला र पुरुष दुवैजना सँगसँगै अगाडि बढ्न जरुरी रहेको उनले बताइन् । महिला पुरुष एक रथको दुई पांग्रा भनिएपनि अझैपनि महिला कमजोर रहेको उनले औंल्याइन । महिलाहरुलाई विकासको मूल प्रवाहमा ल्याउन सकेमात्र विकास निर्माणले गति लिने उनले बताइन् ।

कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघकी वाणिज्य उपाध्यक्ष निर्मला चौहान, उर्लाबारी–१ का वडाध्यक्ष तिलक पाण्डे, जेष्ठ नागरिक समन्वय केन्द्र उर्लाबारीका अध्यक्ष पदमबहादुर गौतम, अरनिको अस्पतालका अध्यक्ष लोलिम पोमु, समाजसेवी गोविन्द भट्टराईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

चर्चका पास्टर तिलकराज नेपालीले सञ्चालन गरेको सो कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले केक काटेर गरेकी थिइन् । त्यसअवसरमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार