२०८१ चैत्र १०, सोमबार

ग्रीन भेन्चर्सको आइपीओ बिक्री खुला

२०७८ चैत्र ८, मंगलवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ चैत/ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ मंगलबार चैत ८ गतेबाट सर्वसाधारणका लागि आइपीओ खुला भएको छ । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन खुला गरेको छ । यसमध्ये ५% अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३%  अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २८ लाख ७५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ग्रीन भेन्चर्सको आइपीओलाई औसत आधार जनाउने ‘कियर एनपी डबल बी’ रेटिङ दिएको छ । केयरले २०७८ पुस २ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद २०७९ मंसिर १५ गतेसम्म बहाल रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार