उर्लाबारी, २१ असार/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।
प्रचण्डले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका छन् ।
संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
एमालेबाट सरकारमा गएका आठजना मन्त्रीहरुले बुधबार समर्थन फिर्ता लिॅदै राजिनामा दिएका थिए । एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ।